तिलक गाउँले, कोहलपुर १७ भदौ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले प्रहरीको घेराबाट भाग्न खोज्ने अपराधीलाई सिधै ईन्काउण्टर गरिने बताएका छन । प्रहरी प्रमुख भएर कोहलपुर आएपछी पहिलो पटक बाँकेका पत्रकारहरुसंग पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै नायब उपरिक्षक शाहीले जुनसुकै अपराधलाई पनि कोहलपुरमा शुन्यमा झारिने बताए ।
कोहलपुर क्षेत्रमा हुने चोरी डकैती र गुण्डागर्दीलाई आफुले निर्मुल पार्नेे बताए । उनले आफु कोहलपुर प्रहरीको प्रमुख भएर आएको एक साता भित्रै बिभिन्न अपराधीक गतिबिधीमा संलग्न १५० बढि युवाहरुलाई नियन्त्रणमा लिई केहीलाई आफन्तको जिम्मा लगाईएको र केहीलाई सार्बजनीक मुद्धा चलाईएको जानकारी दिए । शाहीकै कमाण्डमा खटिएको टोलीले सोमवार चोरी तथा डकैती मुद्धाका फरार अभियुक्तलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । डकैती मुद्धामा ६ वर्षदेखी फरार बाँके बैजनाथ गाँउपालिका वडा नं ४ बानियाभारका नरेन्द्र न्यौपानेलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपाल आउँदै गरेको सुचनाका आधारमा जमुना भन्सारबाट पक्राउ गरी कोहलपुर तर्फ ल्याउदै गरेको अवस्थामा मोटरसाईकलबाट भाग्न खोजेपछि न्यौपानेमाथी गोली प्रहार गरीएको डिएसपी शाहीले बताए । प्रहरीको घेरा तोडी भाग्ने क्रममा न्यौपानेलाई देब्रे खुट्टाको घुँडा मुनी गोली प्रहार गरी नियन्त्रणमा लिईएको हो ।









प्रतिक्रिया दिनुहोस्