मिसनटुडे संवाददाता
कोहलपुर ।
राष्ट्रिय जनमोर्चाले संघियता खारेजीको आन्दोलन गर्दा खिल्ली उडाउनेहरु नै अहिले संघियताबाट दिक्क भइसकेको राजमो नेताहरुले दाबी गरेका छन् ।
हिजो भारतीय डिजाइनमा ल्याएको संघियताले नेपाल र नेपालीमा बिखण्डन ल्याउंछ भन्दा हामीलाई खिल्ली उडाउनेहरु अहिले संघियताको सुरुवाती नतिजाबाटै अघाइसकेका छन्, नेताहरुले भनें,सबै देशभक्त जनता एक जुट भएर संघियता खारेज नगरे कालान्तरमा पहाड र तराइलाई टुक्राएर नेपाललाई भारतमा गाभ्ने भारतिय एजेन्टहरुको योजना सफल हुनेछ ।
राष्ट्रिय जनमोर्चा भुमिका स्थान ४ धारापानीको फलाम खिल्लीमा सम्पन्न प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेताहरुले यस्तो बताएका हुन् ।
नुम बहादुर रेश्मीको अध्यक्षता र चोपलाल घर्तीको संचालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव बाबुराम पन्थी सुनार र भुमिकास्थान ४ का राजमो अध्यक्ष कृष्ण बहादुर सुनारले मन्तव्य राख्दै मुलुकमा प्रदेश सरकारको कुनै आवस्यकता नभएकोले संघियता खारेजीको निम्ती सबै नेपाली एक जुट हुनुपर्नेमा जोड दिए ।
भेलाले नुम बहादुर रेश्मीको अध्यक्षतामा ९ सदस्सीय राजमो टोल समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा धन बहादुर घर्ति,सचिव सुनिता घर्ति र कोषाध्यक्षमा देवकला रेश्मी चयन गरेको छ । राष्ट्रिय जनमोर्चाले भाद्र महिनाभरि संचालन गर्ने जागरण अभियान अन्र्तगत यस्तो कार्यक्रम गरिएको हो । ।