कोहलपुर ।
बाँकको क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराजले राज्य मानव अधिकार मैत्री हुनु पर्ने बताएका छन् । उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर ५ ले शनिबार आयोजना गरेको ब्यवसाय र मानव अधीकार बिषयक प्रादेशिक अन्र्तक्रियामा मानव अधिकार माग्दा कर्तव्य पालना पहिलो कुरा भएको बताएका हुन् ।
व्यवसायी र मानवअधिकारकर्मी बीच राम्रो सम्बन्ध हुनु पर्ने उनको भनाई रहेको छ । कार्यक्रम यु.एन.डि.पि. र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सहयोग र सहभागिता रहेको थियो । मन्त्रालयका सह सचिव फणीन्द्र गौतमले ब्यवसाय र मानव अधिकारका बिषयमा आफ्नो प्रस्तुति राखेका थिए
उद्योग बाणिज्य महासँघ ५ नम्बर प्रदेश अध्यक्ष गुणनिधी तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा ५ नम्बर प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव राजेन्द्र थापा उद्योग बाणिज्य महासँघका केन्द्रीय उपाध्यक्ष किशोर प्रधान नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष बिनोद श्रेष्ठ लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गरेको थिए ।









प्रतिक्रिया दिनुहोस्