कोहलपुर । बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस आंशिक प्राध्यापक संघको अध्यक्षमा गोपाल शर्मा चयन भएका छन् ।
शनिबार शर्माको अध्यक्षतामा भएको एक कार्यक्रमबाट सचिवमा मायाराम काफ्ले चयन भएका हुनभएको हो । जसको सदस्यहरुमा पूर्ण प्रसाद ढकाल, विनोद अधिकारी, गणेश प्रसाद पौडेल, बाल कुमार शर्मा, खुम बहादुर खत्री, सम्झना बज्राचार्य, नवराज ढकाल, रविन्द्र ढकाल लगायत चयन भएका हुन् ।
बागेश्वरी बहुमुखी क्याम्पस आंशिक प्राध्यापक संघका अध्यक्ष गोपाल शर्माले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसमा अध्यापन गराउने प्राध्यापकहरुको पेशा सुरुक्षा नभएकोले संगठन निर्माण गरेको बताएका छन् । उनले भने, तत्काल करारको व्यवस्था गरी समस्याको सामाधान तर्फ क्याम्पस प्रशासन र विश्वविद्यालय गम्भीर हुनुपर्छ । विश्वविद्यालयको शैक्षिक वातावरणलाई विकसित गराउँदै अगाडि लैजाने हाम्रो महत्वपूर्ण भूमिका रहेको समेत अध्यक्ष शर्माले बताए ।