कोहलपुर ।
अखिल नेपाल युवक संघ डुडुवा गाउँपालिकाका अध्यक्षमा टेक बहादुर मल्ल चयन भएका छन् । शनिबार गाउँपालिकाको वडा नम्बर ६ मा भएको भेलाले मल्लको नेत्तृवमा गाउँपालिकाका स्तरीय कमिटी निर्माण गरेको हो ।
अखिल नेपाल युवक संघ बाँकेको जिल्लाका ८ वटै स्थानीय तहमा कमिटी बनाउने अभियान अन्तरर्गत डुडुवामा पनी गठन गरिएको बताइएको छ ।
गाउँपालिका स्तरीय समितीको उपाध्यक्षमा पवित्रा मल्ल, सचिवमा प्रमिता परियार, सह–सचिवमा खिम चन्द र कोषाध्यक्षमा जेनिसा ओली चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा पुस्पा परियार र दिक्षा पुन चयन भए । दुई रिक्त सदस्य पदमा पछि चयन गरिने बताइएको छ ।
प्रकाशित मिति : २०७६ साउन २५ गते शनिबार









प्रतिक्रिया दिनुहोस्