डिल्ली शाही कोहलपुर
बाँकेको कोहलपुरमा विपद् जोखिम व्यवस्थापन कार्ययोजना निर्माण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको संयुक्त आयोजनामा जनप्रतिनिधि र कर्मचारीहरुलाई तालिम गर्दै सम्पन्न भएको हो । नगरपालिका र गाउँपालिकाको आर्थिक सहयोग तथा वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) कोहलपुरको समन्वयमा राष्ट्रिय विपद् विज्ञान तथा प्रविधि केन्द्रको प्राविधिक सहयोगमा बिहीबारबाट तालिम सम्पन्न भएको छ ।
तालिममा सहभागि कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको दिर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिएका थिए । कोहलपुर नगरपालिका नगरप्रमुख लुट बहादुर रावतका अनुसार सेन्सर जडान गरेको घरमा मात्र साइरन बजेको सुनिन्न सक्ने बताए । उनका अनुसार सेन्सर २ किलोमिटर सम्म सुनिन सकिने ठुलो साइरन जोड्ने व्यवस्था गर्नका लागि कार्य योजनामा राखेका छौं ।
बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका क्षेत्रभित्रका कुनै पनि मोवाइहरुमा भुकम्प, बाढि, हावाहुरी आउनु पूर्व नै जानकारी दिनका लागि पनि एमएसको व्यवस्था गर्ने कार्ययोजनामा समावेश गरिएको छ । बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा प्रकोप संकटासन्नताको पक्ष आफंैमा संवेदनशील भएको बताए ।
जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो कम हुनु, जनचेतनाको अभावजस्ता कारणहरूले गर्दा विभिन्न खालका प्रकोपहरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको छ । सोही विपद्बाट बैजनाथ बासिहरुलाई विपद्बाट न्यूनिकरण गर्नका लागि तालिम प्राप्त दक्ष्य जनशक्तिको आवश्यकता रहेको छ । हामीले पहिले स्रोत र साधानको व्यवस्था गनुपर्नेमा बैजनाथ गाउँपालिका अध्यक्ष रुचालले बताए । यस्तै बैजनाथ गाउँपालिकाका सुचना अधिकारी तप्त राज आचार्यका अनुसार कोहलपुर र बैजनाथमा कुन स्थानमा बाढि आउन सक्छ, कुन कुन स्थानहरु जोखिम छन् भन्ने विषयमा एक प्रतिवेदन बनाउने बताए । विपद् व्यवस्थापनका विज्ञहरू पूर्वतयारी र जोखिम न्यूनीकरणमा लगानी गरिएमा त्यसको प्रतिफल उच्च हुने सूचना अधिकारी आचार्यले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्