कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले गत आर्थिक वर्षमा आफ्नो राजस्व लक्ष्य पूरा गरेको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा नगरपालिकाले लिएको राजस्व लक्ष्य मुस्किलले पूरा गरेको हो । तेस्रो नगरसभाबाट गत आर्थिक वर्षमा ५ करोड ६० हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । विगतका वर्षहरुमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने नगरपालिकाले गत आर्थिक वर्षमा भने मुस्किलले लक्ष्य अनुसार राजस्व उठाउन सफल भएको हो ।
कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दशरथ बुढाका अनुसार गत आर्थिक वर्षमा ५ करोड १ लाख २४ हजार ५६ रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्य भन्दा ६४ हजार ५६ रुपैयाँ मात्र बढी हो । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा ४ करोड ४८ लाख ७० हजार लक्ष्य राखिएकोमा ३ करोड २७ लाख ६४ हजार ७ सय ९० रुपैयाँ मात्र राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको राजस्वमा सबैभन्दा बढी एकिकृत सम्पत्ति करले सहयोग पु¥याएको छ । उक्त शिर्षकमा १ करोड ७५ लाख ९१ रुपैयाँ कर संकलन भएको
थियो ।
यसैगरी नक्सा पास दस्तुरमा ८३ लाख १२ हजार ५० रुपैयाँ, सिफारिस तथा बक्सौनी दस्तुर ६६ लाख ९८ हजार २ सय ९८ रुपैयाँ र मालपोत तथा भूमि करमा ५७ लाख २४ हजार ५ सय २३ रुपैयाँ राजस्व संकलन भएको छ । प्रमुख प्रशासकिय अधिकृत बुढाका अनुसार बहाल कर ३१ लाख ६१ हजार ९ सय ५१ रुपैयाँ र बटौरी कर ३१ लाख ४९ हजार ५ सय ४१ रुपैयाँ संकलन भएको थियो । त्यसैगरी अन्य सेवा शुल्क कर शिर्षकमा ८ लाख २२ हजार ५ सय १७ रुपैयाँ, अन्य विक्रि शिर्षकमा ७ लाख १९ हजार १ सय ८५ रुपैयाँ, अन्य दस्तुर शिर्षकमा ३ लाख ७८ हजार ४ सय ५५ रुपैयाँ, नाता प्रमाणित ३ लाख १३ हजार ३ सय ५० रुपैयाँ, निवेदन फाराम विक्रि शिर्षकमा २ लाख ५० हजार ९ सय ७० रुपैयाँ संकलन भएको नगरपालिकाले जनाएको छ ।
अन्य स्रोत परिचालन शिर्षकमा १ लाख ७ हजार निबेदन÷टिकट दस्तुर बापत १ लाख ३ हजार ६ सय ९३ रुपैयाँ र दण्ड जरिवानामा ८४ हजार ७ सय ५० रुपैयाँ संकलन भएको हो । त्यस्तै विज्ञापन कर १६ हजार ५ सय रुपैयाँ, मनोरन्जन कर १२ हजार, सवारी पार्किङ शुल्क ७ हजार ९ सय ६०, बोलपत्र÷ दरभाउ पत्र बापत ६ हजार र अचल सम्पति सम्पति मुल्यांकन सेवा शुल्क शिर्षकमा मात्र २ सय रकम संकलन गरेको हो । चालू आर्थिक वर्षमा पनी लक्ष्यभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य नगरपालिकाले राखेको छ । सोही अनुसार कसरी बढी भन्दा बढी राजस्व उठाउन सकिन्छ भनेर तयारी थालिएको नगरपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्