29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

बाँकेमा बढ्दै सवारी दुर्र्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ४, २०७६  

शुभाकर विश्वकर्मा, कोहलपुर । 

बाँकेको पछिल्लो समय सवारी दुर्घटना बढ्दै जान थालेको पाइएको छ । ट्राफिक प्रहरी तथा सरोकारवाला निकायहरुले सचेतना कार्यक्रम चलाइरहेको बताएपछि सवारी दुर्घटना घट्नुको सट्टा बढ्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको तथ्यांकले वर्षेनी दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने गरेको देखाएको हो ।

ट्राफिक प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷०७३ देखी २०७५÷०७६ सम्म सवारी दुर्घटनामा परि १ सय ६७ जनाको मृत्यू भएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा मात्रै सवारी दुर्घटनामा परेर ६० जनाको मृत्यू भएको थियो । सो अवधीमा ४२ जना पुरुष, १४ महिला र ४ जना बालबालिकाको मृत्यू भएको हो । ९९ वटा ठूला दुर्घटनामा परि गम्भिर घाईते हुनेको संख्या ७५ जना रहेको छ । जसमा गम्भिर घाईते पुरुषमा ४५, महिला २३, बालक ७ र बालिका १ जना रहेका छन् ।

यसमा कसुर अनुसारको सवारी दुर्घटनामा कारबाहीमा तिव्र गति र चालकको लापरबाहिमा समान ३९–३९, ओभरटेक ७, मापसे ५, यान्त्रिक कारण २, सडकका कारण ४ र पशु चौपायका कारण ३ वटा दुर्घटना भएको तथ्यांकमा उख्लेख रहेको छ । यो अवधीमा ३० हजार ५सय ६२ वटा सवारी कारर्बाहीमा परेका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा सवारी दुर्घटनाबाट मुत्यू हुनेको संख्या ३३ जना रहेको छ भने सामान्य घाईते ५७ जना र गम्भिर घाईते ३९ जना रहेका छन् ।

आर्थिक वर्ष २०७३÷०७४ मा २७ जनाको मृत्यु भएकोमा सामान्य घाईते ४० जना र गम्भिर घाईते ६० जना भएका थिए । आर्थिक वर्ष २०७४÷०७५ मा सवारी दुर्घटनामा परेर ४७ जनाको मृत्यू भएको थियो । यसैबिच ट्राफिक बाँकेले विभिन्न शिर्षकमा साढे १ करोड भन्दा बढि राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ मा १ करोड ६७ लाख ७८ हजार ५ सय राजस्व संकलन गरेको हो । मापसे, नो हर्न कार्यक्रम, ट्राफिक कम्युनिकेसन एप्स, ओभरलोड लगायतका ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन भएको थियो ।

बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गरी कार्यालयले सचेतनामुलक कार्यक्रम अघि सारेको छ । विगतमा खासै प्रभावकारी नदेखिएको उक्त कार्यक्रमलाई चालु आर्थिक बर्षको शुरुवातबाटै कडाईका साथ लागु गरिने जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । कार्यक्रम अनुसार दैनिक सडक मै घुम्ति प्रशिक्षण, सर्वसाधारणलाई सचेतना, स्कुल सम्पर्क कार्यक्रमलाई निरन्तरता दिईएको छ । जिल्लाका २७ विद्यालयमा जनचेतनामुलक होडिङ बोर्ड राखिएको, कम्युनिकेसन एप्स मार्फत सावरी साधन ईन्टिको व्यवस्था, सुरक्षित पार्किङको व्यवस्था,ट्राफिक चेतना बढाउनेको लागि संचार माध्यमसँगको सहकार्यमा जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

प्रकाशित मितिः शनिबार, साउन ४, २०७६     10:25:35 AM  |