महोत्तरीमा भप्सी पुल बगेपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध



होत्तरी,
पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ ।

बाढीले पुलको बिच भाग नै बगाएको छ । पुल बगाउँदा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिएका छन् ।

पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिम यात्रा गरिरहेको छन् । पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर पर पर्छ।

प्रहरीका अनुसार सो खोला त्यति ठूलो नभएकाले वैकल्पिक डाइभर्सन सोही खोलामा बनाउन मिल्छ तर पानी निरन्तर परिरहे यातायात अवरूद्ध भइराख्ने प्रहरीको भनाइ छ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार २८ गते शनिबार