3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

जिल्ला हुलाक कार्यालय मुगुमा प्रभावकारीता खस्कदो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १९, २०७६  

खड्क सुनार, असार १९,

मुगु जिल्ला हुलाक कार्यालय मुगु बाट प्रवाह हुने सेवा खस्कदै गएको छ । पछिल्लो समय देशैभरका हुलाक कार्यलय बाट प्रवाह हुने सेवा खस्कदो अबस्थामा रहेको पाईएको छ । जिल्ला हुलाक कार्यलय मुगुका निमित्त कार्यलय प्रमुख नाग्मल शाहीका अनुसार मुगुमा पनी हुलाकको प्रभावकारीता खस्कदै गएको र हुलाकको प्रयोग घट्दैको छ ।

सुचनाको बिकास संगै नेट ईन्टरनेट, फोन सेवा, पत्रपत्रिका, रेडियो, बिभिन्न सामाजिक सञ्जाल तथा सञ्चारको सहज पहुच भएपछी हुलाक सेवाको प्रभावकारिता खस्कदै गहेको निमित्त प्रमुख शाहीको भनाई छ । सञ्चारको बिकास नहुदै हुलाकले सञ्चार आदन प्रदानमा महत्वपुर्ण भुमिका खेलेको भएपनी अहिले सञ्चारको सहज पहुच भए पछी हुलाकको प्रभावकारीता खस्कदै जनगुनासो बढ्दो छ ।

हुलाक बाट टिकट बिक्रि, डाँक ढुवानी जिल्लामा सञ्चालीत सामुदायिक रेडियोको दर्ता नविकरण, र सरकारी तथा गै्रेहसरकारी कार्यलय बाट पाउनु पर्ने सुचनाको हक लगायतका काम भईरहेका छन । हुलाक बाट सेवा प्रवाह हुने धनाध्य सेवा,विमा सेवा, चिठि प्रत्र सेवा घट्दो क्रममा रहेका र यि सेवाको लागी कुनै पनी सेवाग्राही नआउने गरेका निमित्त प्रमख शाहीको भनाई छ ।

हुलाक बाट प्रवाह हुने सेवा लोक सेवा ,र टेलि सेन्टर पनी खारेज गरेको जाकनारी गराउदै शाहीले हुलाक लाई दिन प्रतिदिन ओरालोमा धकेल्ने काम भईरहेको छ । आगामी दिनमा हुलाक कार्यालयलाई प्रभावकारी बनाउनको लागी प्रविधिको बिकास सगैँ प्राविधिकरण तिर लैजानुपर्ने उनले जानकारी दिए ।  जिल्ला हुलाक कार्यलय मुगुमा कर्मचारी काम विहीन बनेका छन ।

जिल्लामा एक हुलाक कार्यलय ७ वटा ईलाका हुलाक कार्यलय ,१७ वटा अतिरक्त हुलाक कार्यलयमा छन । ईलाका हुलाकमा खरदार सरहको पद भएपनी हल्काराले काम सञ्चालन गरीरहेका छन भने जिल्ला हुलाक कार्यलयमा खासै काम नहुने भएकाले कर्मचारी कामविहीन भएका हुन । तर जिल्ला हुलाक कार्यलय मुगुले कमचारी अभाव भएको भन्दै खरदारको पदमा हल्काराले काम गरेका निमित्त प्रमुख शाहीले बताए ।

प्रकाशित मितिः बिहिबार, असार १९, २०७६     12:15:59 PM  |