सकियो लागु औषध दुव्र्यसन बिरुद्धको अभियान



कोहलपुर ।

बाँकेको कोहलपुरमा शुरु गरिएको लागु औषध दुव्र्यसन बिरुद्ध सचेतनामुलक अभियान सकिएको छ । समाजसेवा सस्था नेपालको आयोजनाद्धारा शुरु गरिएको जनचेतनामुलक अभियान सकिएको हो । कोहलपुर नगरपालिकाको सहयोगमा सामाजिक विकास कार्यक्रम अन्र्तगत कोहलपुरका विभिन्न विद्यालय र वडाहरुमा जनचेनतामुलक कार्यक्रमहरु गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

अभियान अन्तर्गत ६ वटा विद्यालयमा अभिमुखिकरण, ६ वडामा सडक नाटक र एक अन्तरक्रिया गरिएको समाज सेवा सस्था नेपाल कोहलपुरका अध्यक्ष बिनोद थापाले बताए । उनका अनुसार विद्यालयहरुमा गरिएको जनचेतनामुलक अभिमुखिकरणमा २ हजार जना विद्यार्थी,शिक्षक र अभिभावक र सडक नाटक मार्फत १५ हजार जना लाभान्वित भएका छन् ।

यस्तै कार्यक्रम अन्तर्गत आयोजना गरिएको अन्तरक्रियाबाट लागु औषध दुव्र्यसन बिरुद्ध ८ वटा एजेण्डा तयार गरिएको उनले बताए ।

ति एजेण्डाहरुमा लागु औषध प्रयोग कर्ताका अभिभावकलाइ संकेत र लक्षण बारे जानकारी, धर्म गुरुहरुलाई लागु औषध दुव्र्यसन बिरुद्ध बनेका कानुनका विषयमा जानकारी दिने रहेका छन् । यस्तै आमा समुह,महिला स्वास्थ्य स्वयम सेविका हरुलाई बालबालिकाहरुको साथी संगतीबारे सचेत पार्ने, पुर्नस्थापना केन्द्रका प्रतिनिधिहरुलाई लागु औषध उपचार सम्बन्धि उपलब्ध सेवा सुविधाहरु र प्रभावकारिताका बारेमा प्रशिक्षण गराउने र विद्यालयका प्रधानाध्यापकहरुला विद्यार्थीमा लागु औषध सेवनको उच्च जोखिम बारे सचेत गराउने रहेकाछन् । त्यसैगरी लागु औषध दुव्र्यसन बिरुद्ध युवा जागरुकता बढाउने र सरोकारवालाई पनि जागरुक बनाउने रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ असार ८ गते आइतबार