कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेका सामुदायिक विद्यालयमा लागु औषध सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण भईरहेका छन् । लागु औषध बारे दुव्र्यसन बारे विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले अभिमुखिकरण भईरहेका हुन् ।
पहिल्लो समयमा बाँकेमा लागु औषध दुव्र्यसनको अवस्था भयाभह अवस्थामा पुगेपछि न्युनिकरणका कार्यक्रम आयोजना गरि जनचेतनामुलक कार्यक्रम भईरहेको लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाले जनाएको छ । लागु औषध व्युरो प्रमुख विर बहादुर थापाका अनुसार स्थानीय तह, प्रहरी र संसस्थाको साझेदारी विद्यालयमा जनचेतनामुलक कार्यक्रम भईरहेका छन् ।
यसैबीच सोमबार कोहलपुरमा १२ मा रहेको ज्ञान ज्योति मा.बि.चप्पलगौडीमा लागू औषध न्यूनीकरण सम्बन्धि बिद्यालय स्तरीय अभिमुखिकरण सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको सहयोग, समाज सेवा सस्था नेपाल केन्द्रिय कार्यलय कोहलपुर१४ हवल्दारपुर बाके, समुदाय–प्रहरी साझेदारी ईलाका प्रहरी कार्यालय कोहलपुर,कोहलपुर समुदाय सेवा केन्द्र तथा लागू औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाको सयुक्तको आयोजनामा अभिमुखिकरण सम्पन्न भएको हो ।