कोहलपुर।
बाँके जिल्लाको पहिलो स्थानीय तहको रुपमा कोहलपुर नगरपालिकालाई साक्षर घोषणा गरिने भएको छ । सोमबार साक्षर नगर घोषणा सम्बन्धि सरोकारवालाहरु बीच पुर्वतयारी बैठकले यही जेष्ठ ३१ गते भव्य समारोहका बीच साक्षर कोहलपुर घोषणा गर्ने निर्णय गरेको हो । कोहलपुर नगरशिक्षा शाखाको तथ्यांक अनुसार ९६.४२ प्रतिशत साक्षरता छन् । साक्षर घोषणा गर्नको लागि आवश्यक मापदण्ड कोहलपुरले पुरा गरेकोले औपचारिक रुमा घोषणा गर्न लागिएको कोहलपुर नगरशिक्षा शाखा प्रमुख अनन्त कुमार पौड्यालले बताए ।
कार्यक्रममा साक्षर नगरपालिका घोषणा तयारी नीतिगत प्रावधानहरुका बारेको कार्यपत्र पस्तुत गर्दै साक्षर घोषणका १२ वटा मापदण्ड पुरा गरेको जानकारी दिए । प्रमुख पौड्यालले १५ वर्षदेखि ६० वर्ष सम्मका उमेरसमूहलाई कायम गरी कोहलपुरका ६० वर्ष भन्दा माथिका निरक्षर प्रौढहरुलाई साक्षरताको अवसर र नवसाक्षरलाई निरन्तर सिकाईको अवसर प्रदान गर्ने बताएका छन् । साक्षर कोहलपुर घोषणा कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गर्नका लागि सम्पुर्ण सरोकारवालालाई सहयोग गर्न आग्रह गरेको छ ।
कोहलपुरका राजनीतिक दल, सम्पूर्ण जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, शिक्षा प्रेमी, उद्योगी, व्यापारी लगायत आम सर्वसाधारणलाई कोहलपुर नगर प्रमुख लुट बहादुर रावतले अनुरोध गरे । नगरशिक्षा शाखा कोहलपुरले साक्षर घोषणा गर्नका लागि साक्षरता कक्षा संचालन गरिएको जनाएको छ । प्रमुख पौड्यालले साक्षरता कक्षा संचालन गर्नु पुर्व र साक्षरता कक्षा संचालन प्रश्चात साक्षरता दरमा निकै मात्रामा बृद्धि भएको बताए । कार्यक्रम कार्यक्रम प्रदेश नं. ५ की कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आथित्यतामा सम्पन्न हुने भएको हो । कार्यक्रममा स्थानिय जनप्रतिनिधि लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।