1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

लोकसेवाको कर्मचारी भर्ना विज्ञापन रद्द गर्न निर्देशन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६  

काठमाडौँ ।

संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहमा कर्मचारी भर्ना गर्न आह्न गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । सोमबार बिहान बसेको समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी भर्ना विज्ञापन रद्द गर्न निर्देशन दिएको हो ।

सोमबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित समेत सहभागी भएका थिए । उनले समितिको बैठकमा संविधानअनुसार नै प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न लागेको बताएका थिए । उनले प्रदेशको अधिकार केन्द्रीत गर्न नखोजे भन्दै मागका आधारमा विज्ञापन गरिएको दावी गरेका थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २७, २०७६     5:13:34 PM  |