15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

बढे ज्वरो र टाइफाइडका विरामी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६  

डिल्ली शाही, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ७ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा भाइरल ज्वरो र टाइफाइडका विरामी बढेका छन् । पछिल्लो केही सातायता बढेको अत्याधिक गर्मीका कारण भाइरल ज्वरो र टाइफाइडका विरामी बढेका हुन् ।

स्वास्थ्य केन्द्रमा उपचारको लागि दैनिक ४०÷३५ जना विरामीहरु आउने गरेका छन् । शहरी स्वास्थ्थ केन्द्रका इन्चार्ज सुधन बुढाथोकीका अनुसार बैशाख महिनामा मात्र १०१ जना विरामीहरुमा भ्याइरल ज्वरो र टाइफाइड देखिएको बताए । विशेष गरी खानेकुरा, सरसफाइमा ध्यान नदिँदा भ्याइरल ज्वरोको प्रकोप देखिएको उनले जानकारी दिए । उनका अनुसार प्रेसर, झाडापखाला, हातखुट्टा दुख्ने, एलर्जी हुने, दाग देखिने लगाएतका विरामीहरु बढे्का छन् ।

बैशाख महिनामा प्रेसर ५१ जना, झापखाला ४३ जना, हातखुट्टा दुख्ने ६८ जना, छालामा समस्या भएका ८८ जना र चोटपटक लागेका ४५ जना विरामीहरु आएको केन्द्रका इन्चार्ज बुढाथोकीले जानकारी दिए । चालु आर्थिक बर्षको २०७५÷७६ मा साउनदेखि फागुनसम्म गरि ५ हजार जना टाइफाइड, प्रेसर, झाडापखाला, हातखुट्टा दुख्ने, एलर्जी हुने, दाग देखिने लगाएतका विरामीहरुले सेवा लिइसकेको उनले बताए ।

निम्न वर्गका विरामीहरु आउने गरेका छन् बुढाथोकीले भने, ‘मौसम परिवर्तन र अत्यधिक गर्मीका कारण यो समयमा बिरामीको बढी भिडभाड हुन्छ ।’ यस्तो अवस्थामा व्यक्तिगत सरसफाईमा ध्यानुदिनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २६, २०७६     8:37:47 AM  |