29 November 2023  |   बिहिबार, मंसिर १४, २०८०

जुम्लामा स्मार्ट लाईसेन्स वितरण सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २४, २०७६  

जुम्ला ।

जुम्लामा स्मार्ट लाईसेन्स वितरण सुरु भएको छ । नेपालका सवै यातायात विभागमा सुरु भईसकेको स्मार्ट लाईसेन्स वितरण गर्न बाँकि रहेको जुम्लामा पनी वितरण शुरु गरिएको हो । बुधबार चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवाल र प्रमूख जिल्ला अधिकारी दुर्गा बन्जाडेले संयुक्त रुपमा उद्धघाटन गरिन् । प्रमुख सेजुवालले यो पक्रिया अहिलेको प्रविधिको युगमा अत्यावश्यक हुने भएकोले जुम्लामा पनि सुरु भएकोमा खुसी व्यक्त गरिन् ।

यस्तै प्रमुख जिल्ला अधिकारी बञ्जाडेले सवारी चालक अनुमती पत्र लिदा यहाँका नागरिकले व्यहोर्नु पर्ने झन्झटको अन्त्य हुने बताईन् । सवारी चालकले विगतमा झेल्नु परेका सवारी अनुमति हराउने, च्यातिने, भिज्ने जस्ता समस्याबाट मुक्त हुने यस प्रविधिको उपयोगिता भएको यातायात व्यवस्था विभागका निर्देशक श्रीचन्द्र शाहले बताएका छन् । उनका अनुसार नेपालका जुनसुकै कार्यालय बाट पनि सवारी अनुमति पत्रको नविकरण गर्न सकिने छ । यातायात व्यवस्था कार्यालय जुम्लाका अधिकृत लोगवहादुर महतले कार्यालयले नयाँ काममा प्रवेश गरेको बताए । यो सिस्टमले अन्य अपराधिक क्रियाकलाप गर्नेहरुको अनुसन्धानमा समेत टेवा पुग्ने उनको भनाई रहेको छ ।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी निरिक्षक प्रकाश कुमार केसी, ट्राफिक प्रमूख गंगाराम विक लगायतले मन्तव्य व्यक्त गर्दै सुरक्षाका दृष्टिले सजिलो हुनेमा जोड दिएका थिए । जुम्लाबाट स्मार्ट लाईसेन्स लिने पहिलो व्यक्ति भने यातायात व्यवश्था कार्यालयका कर्मचारी लोकेन्द्र पाण्डे बनेका छन् । उनले आफ्नो पुरानो पेपरमा आधारित लाईसेन्सलाई डिजिटल प्रविधिमा नविकरण गर्दै जुम्लाको स्मार्ट लाईसेन्स प्राप्त गर्नै पहिलो बनेका हुन् ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २४, २०७६     4:42:39 PM  |