सुर्खेत ।
सुर्खेतमा पत्रकारीता गर्दै गरेका दलित पत्रकारहरु भेला भएर अन्तरक्रिया गरेका छन् । पत्रकारीता पेशालाई थप मर्यादित र जनपक्षिय बनाउन आगामी दिनमा खेल्ने भुमिकाका बिषयमा समेत छलफल तथा अन्तरक्रिया भएको हो । एक हप्ता अघि राजधानी काठमाण्डौमा पहिलो पटक दलित समुदायका पत्रकारहरुले आफ्नो साझा संगठन राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्थापना गरिसके पश्चात अहिले महासंघले विभिन्न जिल्लाका दलित समुदायका पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया गर्न थालेको छ ।
सोही अनुरुप नवगठित राष्ट्रिय दलित पत्रकार संघ नेपालका सचिव सन्तोष गन्दर्भको उपस्थितमा बिहीबार सुर्खेत स्थित दलित समुदायका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो । दलित पत्रकारहरुका समस्या र आगामी दिनमा संगठित भएर कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो । सचिव गन्र्दभले दलित समुदयबाट पत्रकारीता गर्नेहरु आफनो पेशागत सुरक्षा र हक अधिकारको लागि संगठित हुनुपर्छ भन्ने दायित्व बोध गरेर पहिलो पटक महासंघको गठन गरिएको बताए ।
‘दलित समुदायबाट यस पेशामा आवद्ध भएकाहरुका समस्या र दलित समुदायबाट पत्रकारीता पेशामा आवद्ध हुनेहरुलाई प्रोत्साहन गर्न महासंघको अगुवाईमा हामी यसरी जिल्ला– जिल्ला पुगको हौं’ उनले भने, ‘दलित समुदायबाट पत्रकारीता गर्दे आएका हरुपनि विभिन्न समस्याका कारण पलाएन हुने बाध्यता भएकाले आगामी पत्रकारीता पेशामा टिकाई राख्न महासंघले पहल गर्ने छ ।’
अबको केही समयमै प्रादेशिक र जिल्लागत संगठनहरुको स्थापना गरी ७७ वटै जिल्लामा रहेका दलित पत्रकारहरुलाई संगठित गर्ने महासंघको लक्ष्य रहेको उनको भनाई रहेको थियो । यस्तै महासंघले दलित समुदायका पत्रकारहरुलाई क्षमता अभिवृद्धि गर्ने, विभिन्न तालिमहरु मार्फत नयाँ पत्रकार उत्पादन गर्ने लक्ष्य रहेको बताए । पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष ललित बसेलले आफुले विगत १६ बर्षदेखि पत्रकारीता गर्दै गरेको अनुभव साट्दै पत्रकारीता पेशामा टिक्न अत्यन्तै गाह्रो हुने त्यसमा पनि दलित समुदायबाट आउनेहरुलाई झनै समस्या हुने धारणा राखे । उनले दलित महिला पत्रकारहरुको संख्या झनै न्युन रहेको भन्दै उनीहरुलाई कसरी पत्रकारीतामा सधै जोगाईराख्न सोच्नुपर्ने बताए ।
पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माले दलित समुदायका समस्या , गुनासो र प्रमुख ऐजेण्डाहरु बुलन्द गर्न दलित समुदायलेपनि आफ्नै मिडिया सञ्चालन गर्न तर्फ अग्रसर हुनुपर्ने बताए । विश्वकर्माले सम्रग पत्रकारुको साझा संगठन पत्रकार महासंघको नेतृत्वमा पुग्नका लागि पनि सबै दलित पत्रकारहरु संगठित हुनुपर्नेमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्