1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

ठूलो परिमाणको खैरो हिरोइनसहित तीन पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६  

दाङ ।

ठूलो परिमाणको लागुऔषध खैरो हिरोइनसहित दाङमा तीनजना पक्राउ परेका छन् । लमही नगरपालिका वडा नम्वर ९ अमिलिया नजिकबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले १ सय ८० ग्राम लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको हो । नेपालगन्जबाट दाङ तर्फ आउदै गरेको बा १९ च ८८३३ नम्वरको हाईलेक्स गाडि चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता डीएसपी विनोदबिक्रम शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ का ३६ वर्षिय लक्ष्मण सापकोटा, नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १५ का ३२ वर्षिय गुड्डु कवडिया र सोहि ठाउँकी २४ वर्षिया रुक्सार कवडिया रहेका छन् । डीएसपी शाहका अनुसार सेतो प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा खैरो हिरोइन बरामद गरिएको हो । प्रहरीले उनीहरुको साथबाट नगद सात हजार, मोवाईल तीन थान र उनीहरु सवार गाडी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरु विरुद्ध लागु औषध ओसारपसार तथा विक्रि वितरण सम्वन्धि कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खैरो हिरोइनको मुख्य प्रतिग्राम १० हजार रुपैयाँ रहेको छ । प्रहरीका अनुसार प्रदेश ५ मा हालसम्मकै धेरै मात्रामा खैरै हिरोइन बराबद गरिएको हो ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २१, २०७६     9:16:01 AM  |