पार्क तथा स्तम्भको मन्त्री राईद्वारा उद्घाटन गर्ने



कोहलपुर ।

बाँकेको कोहलपुर चौराहमा निर्माण गरिएको पार्क तथा स्तम्भको सोमबार संघिय सरकारका शहरी विकास मन्त्री ईश्तियाक मोहम्मद राईले उद्घाटन गर्ने भएका छन् ।

मध्य तथा सुदुरपश्चिमको मुटुमा रहेको प्रवेशद्वारको रुपमा हेरिएको कोहलपुरको चौराहमा बनेको पार्क तथा स्तम्भको मन्त्री राईले गर्ने भएको हो ।

कोहलपुर नगरपालिकासँगको सहकार्यमा सिद्धार्थ हस्पिटालिटीले कोहलपुर चौराहमा पार्क निर्माण गरेको हो ।

कोहलपुर चौराह जति टाढाबाट आकर्षक देखिन्छ त्यो भन्दा पनि बढि आकर्षक त्यहाँबाट निस्कीएको पानीको फोहोरा सहितको बगैचाको बिचभागमा बाघको स्तम्भले झन मनै लोभ्याउँछ ।

सोमबार बेलुका ६ः३० बजे पार्कको औपचारिक उद्घाटन गरिने कोहलपुर नगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ जेठ १९ गते आइतबार