सुर्खेत ।
बहुमत प्राप्त बलियो सरकार भए पनि ओली सरकारले संघीयता चलाउन नसकेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापाले आरोप लगाएका छन् । कांग्रेसले सुरु गरेको जागरण अभियानका क्रममा सुर्खेत पुगेका नेपा थापाले कार्यकर्तालाई सम्बोधन गर्दैै यस्तो आरोप लगाएका हुन् ।
सरकारको एक वर्षको काम सन्तोस जनक नभएको भन्दै उनले संघीयता चलाउन सरकारलाई मस्किल परिरहेको दाबी गरे । ‘केपी वली नेतृत्वको सरकार इतिहासमै बलियो सरकार हो’ उनले भने, ‘संविधानको कार्यान्वयन, संरचना निर्माण र ठूला आयोजनाका काम गरेर जनतासमक्ष परिणाम देखाओस् भन्ने अपेक्षा कांग्रेसको हो, तर तीनै तहमा बहुमत पाएको सरकारले संघीयताको मर्म अनुसार काम गर्न
सकेन ।’ उनले राजासँग आधा शक्ति रहेको, राजाले दिएको संविधान, राजाले चाहेको बेला निलम्वन गर्न सक्ने संविधान टेकेर जनमतका आधारमा विपीले सरकार चलाएको इतिहासबारे कार्यकर्तालाई जानकारी गराए ।
‘संघीय व्यवस्थालाई बलियो बनाउन सरकारले ढंगले काम गर्न सकेन्, कांग्रेसलाई डर त्यहाँ हो’ उनले थपे, ‘संघीय र एकात्मक नेपाल एउटै होइन्, कर्णाली प्रदेश नामको मात्रै बनाइएको छ, यो एक वर्षको अनुभवबाट सरकार संघीयता कार्यान्वयनमा सफलतातर्फ उन्मुख हुनसकिरहेको छैन ।’ विगतमा प्रधानमन्त्री ओली संघीयतामा चरम अरुची राख्दै पटक पटक नेपालमा संघीयता नफाप्ने बताउँदै आएकाले सबै तहका सरकारलाई अधिकार नदिइएको दाबी गरे ।
संघीयता बलियो बनाउन र टिकाउन केन्द्रभन्दा स्थानीय सरकारले काम गर्नुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्रीले संघीयताका आधारभुत कुरालाई स्वीकार गर्न मान्नुभएन्, जसले गर्दा प्रदेशहरु अधिकारबिहिन भएका छन्’ उनले भने, ‘मुख्यमन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी जस्तै देखिन थाल्नुभएको छ, एकपछि अर्काे अधिकार खोसिदै गएको छ । सबैभन्दाबढी काम गर्नुपर्ने प्रदेशलाई कामविहीन अधिकार, स्रोतविहीन बनाइएको छ । यसले संघीयतामा हुनुपर्ने परिवर्तन पाइरहेको छैन ।’









प्रतिक्रिया दिनुहोस्