8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

श्रम ऐन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १८, २०७६  

कोहलपुर १८ बैशाख ।

कोहलपुर नगरपालिकाको सहयोग र युवा दृष्टि नेपाल बाँकेको आयोजनामा श्रमिकहरुको अभिलेखीकरण तथा श्रम ऐन सम्बन्धि सचेतनामुलक कार्यक्रम अन्तर्गत आज कोहलपुर श्रम ऐन सम्बन्धी १ दिने नगरस्तरीय सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतको प्रमुख अतिथिमा सम्पन्न भएको छ ।

सो कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत,विभिन्न विषयगत समितिका संयोजक, सम्पूर्ण वडा अध्यक्ष, कार्यापालिका सदस्य र कोहलपुर नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख र आयोजक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । सो कार्यक्रमा ४५ जनाको उपस्थिति रहेको थियो ।

श्रम ऐनमा भएको व्यवस्था र श्रम ऐनकोबारेमा अधिबत्ता रुद्रमणी न्यौपानेले सहजिकरण गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी एवम् नगर प्रमुख लुट बहादुर रावतले श्रम ऐनको बारेमा जनप्रतिनिधिले पनि जान्नु पर्ने र यसको लागि प्रत्येक वडामा श्रम ऐनमा भएको व्यवस्था र श्रम ऐनको ब्यवस्था गर्नुपर्ने धारण ब्यक्त गर्नुभएको थियो ।

त्यसै गरी कोहलपुर न।पा।का प्रमुख प्रशासकीय अधिकृत एवम् कार्यक्रमका अथिती दशरथ बुढाले श्रम ऐनमा भएको व्यवस्था र श्रम ऐनको बारेमा धारण राखेका थिए ।

प्रकाशित मितिः बुधबार, बैशाख १८, २०७६     6:32:44 PM  |