8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्षका छोराछोरी सामुदायिक विद्यालयमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६  

कोहलपुर नगरपालिका – १ स्थित कृष्ण मा.बि. मा अखिल क्रान्तिकारीका पूर्व केन्द्रिय अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता  नरेन्द्र न्यौपानेले आफ्ना दुई छोराछोरीलाई निजी विद्यालयबाट सामुदायिक विद्यालयमा आइतबार भर्ना गरेका छन् । बाकेको चर्चित निजि स्कुल गोर्खा युनाइटेड स्कुलमा अध्ययनरत छोरी अनिशा न्यौपानेलाई कक्षा ७ र छोरा रबिन्द्र न्यौपानेलेलाई कक्षा ५ मा भर्ना गरेका हुन् ।

न्यौपानेको अनुसार सार्वजनिक विद्यालय सुधार गर्न मेरो भुमिका सानो एक इट्टा हुन सक्छ भन्ने उदेश्य सहित श्री कृष्ण मा.बि. कौशिलानगर , कोहलपुरमा छोरी अनिशा न्यौपाने लाई कक्षा ७ र छोरा रबिन्द्र न्यौपाने लाई कक्षा ५ मा भर्ना गरियो । जनप्रतिनिधि , राजनीतिज्ञ , शिक्षक , कर्मचारीहरुले पनि सरकारी स्कुल सुधार गर्न यस्तो कदम चाली दिनुहुन उनले आग्रह गरेका छन् ।

पहुँच हुने र टाठाबाठाले निजी विद्यालयमै आफ्ना छोराछोरी पढाउनाले सामुदायिक विद्यालयको शिक्षाको स्तर माथि उठ्न नसकेको बताए । ‘जागिर सरकारी, तर छोराछोरीको शिक्षा भने निजी विद्यालयमा गराउने प्रवृत्ति हावी हुँदै गइरहेको छ,’ न्यौपानेले भने, ‘हाम्रो समाजमा सरकारी विद्यालयको स्तर माथि उठ्न सकेको छैन । यस अवस्थामा सुधा गर्न म एउटा सही पात्र पनि हुनसक्छु ।’

प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६     6:26:05 PM  |