8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बाँकेकी सुमित्राले चुमिन तेस्रो स्थान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ६, २०७६  

२ खरी बुक्सले आयोजना गरेको राष्ट्रव्यापी खुला कथा प्रतियोगितामा बिना थिङ तामाङ प्रथम हुनुभएको छ । थिङको ‘ब्याड भाले’ शीर्षकको कथा प्रथम हुन सफल भएको हो । प्रतियोगितामा सहभागी ४४५ कथामध्येबाट तामाङकृत ‘ब्याड भाले प्रतियोगिताको सर्वोत्कृष्ट (प्रथम) कथा बनेको हो । तामाङले एक लाख रुपैयाँ नगद पुरस्कारका अतिरिक्त शिल्ड र प्रमाणपत्र हात पार्नुभएको छ ।

प्रतियोगितामा लक्ष्मण वियोगी द्वितीय हुनुभएको छ । वियोगीको ‘टाउको’ शीर्षकको कथाले ६० हजार नगद पुरस्कारका अतिरिक्त शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभयो । प्रतियोगितमा बाँकेमा सुमित्रा न्यौपाने तेस्रो भइन् । न्यौपानेको ‘बार्दली’ शीर्षकको कथाले ४० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।

प्रतियोगिताका लागि झण्डै नौ सय कथा प्राप्त भएको थियो । त्यमध्ये ४४५ कथा मापदण्डभित्र परेका थिए । यस्तै प्राप्त कथाहरुमध्ये उत्कृष्ट २५ कथाहरुलाई समेटेर तयार पारिएको पुस्तक विमोचन गरिएको छ भने २५ कथाकारहरुलाई परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगिताका लागि झण्डै नौ सय कथा प्राप्त भएको र त्यसको लागि १२खरी बुक्सले अथक मेहनतका साथ छानेका कथाहरु राखिउको १२खरीडटकमका प्रधानसम्पादक प्रतीक प्रधानले बताउनुभयो । गत माघ २१ देखि फागुन २० गतेसम्म कथा पठाउन सार्वजनिक रुपमा आह्वान गरिएको थियो । ‘उत्कृष्ट कथा २०७६’ नाम दिइएको उक्त सङ्कलनको विमोचन तथा विजयी कथाकारहरुलाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पुरस्कार प्रदान गर्नुभयो । उत्कृष्टमा पर्न सफल कथाकारहरुलाई पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । कथाकार सुमित्रा न्यौपानेको आखा र आँखाहरु कथा सङ्ग्रह प्रकाशित छ । कथाकार न्यौपाने पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आख्यान बिभागकी सचिव हुन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ६, २०७६     8:53:50 PM  |