कोहलपुरमा तिव्र गतीको स्कारपियोले यसरी लियो दुई जनाको ज्यान



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–५ मदनचोकस्थित पूर्व–पश्चिम राजमार्गमा स्कारपियो जीपको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बर्दिया ठाकुरबाबा नगरपालिका–८ निवासी ३२ वर्षीया उषा चौधरी र बाँके बैजनाथ गाउँपालिका–६ निवासी ३० वर्षीय लोकबहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए ।

उनका अनुसार, मृतक दुवै स्कुटी चालक हुन् । शुक्रबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मदनचोक नजिकै चौधरी र शाहीले चलाएको भे ५ प १४२० र भे ८ प २१६५ नं को स्कुटी एकआपसमा जुधेको बेला तीव्र गतिमा आएको बा १५ च २०९६ नं को स्कारपियोले दुवैजनालाई ठक्कर दिदा उनीहरुको ज्यान गएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैजनाको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक विसीले जानकारी दिए । ठक्कर दिने स्कारपियो जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

#file photo

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १८ गते सोमबार