कोहलपुर मोडेलमा विआइएम



कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको कोहलपुर मोडेल कलेजमा ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (विआइएम) को पढाई हुन सुरु भएको छ । विआइएमको बिहीबार एक कार्यक्रमका बिच त्रिवि व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले उद्घाटन गरे ।

उनले विआइएम बिबिए र बिबिएमको संयोजन भएको बताए । व्यवस्थापन र सुचना प्रविधीलाई जोड्दै विश्व बजारमा प्रतिप्रर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्छ, डिन प्रा.डा शर्माले भने,– सोही अनुसार नै कोहलपुर मोडेल कलेजलाई विआइएमको सम्बन्धन दिइएको हो ।

सो अवसरमा त्रिवि व्यस्थापन संकायका सहायक डिन दिनेशमणि घिमिरे, त्रिवि स्कुल अफ म्यानेजमेन्टका निर्देशक प्रा.डा महानन्द चालिसे र अर्थशास्त्र बिषय विभाग प्रमुख ज्ञानमणी अधिकारी लगायतले बोलेका थिए । उक्त अवसरमा विद्यार्थीहरुलाई अभिमुखिकरण समेत दिइएको थियो । क्याम्पस प्रमुख संजिवबाबु पंगेनीले त्रिवि व्यवस्थापन संकायका डिन, सहायक डिन लगायतले विआइएम कार्यक्रमको बारेमा अभिमुखिकरण प्रदान गरेको भन्दै आभार व्यक्त गरे ।

उनले आगामी दिनमा कोहलपुर मोडेल कलेजलाई साँच्चिकै मोडेल बनाउने प्रतिबद्वता समेत जनाए । विआइएम प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई स्वागत समेत गरिएको कार्यक्रमको सञ्चालन कलेजका प्राध्यापक गणेश प्रसाद पौडेलले गरेका थिए । उक्त कार्यक्रममा प्राध्यापकहरु रञ्जिता अधिकारी, सिद्वराज ओझा, छवी पोखरेल, हरी पोखरेल, टेक केसी, रोशन चापागाई, तिलक बस्नेत, सध्या सापकोटा, राजन रेग्मी, शुशिल थापा, माधव काफ्ले लगायतको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत १५ गते शुक्रबार