3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

एशोसिएशनको अध्यक्षमा पुनः थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १०, २०७५  

बर्दिया ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशन बर्दियाको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

मधुवनमा शनिबार सम्पन्न भएको अधिवेशनले पुनः राम बहादुर थापाको अध्यक्षतामा ११ सदस्य जिल्ला कमिटि सर्बसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्षमा भगवति पौडेल, सचिबमा मनिराम चौधरी, कोषाध्यक्षमा बिष्णु प्रसाद सिग्देल , सह–सचिवमा जय बहादुर बुढा, सदस्यहरुमा देबि कँडेल, तिलक पौडेल राधिका शर्मा लगायतका रहेका छन् । अधिवेशनले टिकाराम शर्मा र बाबुराम शर्मालाई सल्लाहकारमा चयन गरेको छ ।

बर्दियामा २३ वटा अतिरिक्त हुलाकमा ६० जना कर्मचारी रहेको बताइएको छ । करिब ४० वर्ष सम्म सेवा गरेका कर्मचारीको मासिक पारिश्रमिक ७ हजार भन्दा कम हुदा राज्यले अतिरिक्त हुलाकमा काम गर्ने कर्मचारी माथी अन्याय गरेको उनीहरुको आरोप रहेको छ ।

प्रकाशित मितिः आइतवार, चैत्र १०, २०७५     7:19:14 AM  |