11 September 2024  |   बुधबार, भदौ २६, २०८१

बाँकेमा एसईई परीक्षाको तयारी पूरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र ९, २०७५  

नेपालगञ्ज ।
आइतबारदेखि सुरु हुन गइरहेको एसईई परीक्षाको तयारी बाँकेमा पूरा भएको छ ।

यसपटकको एसईई परिक्षामा बाँकेबाट ८ हजार बढी विद्यार्थीहरु सहभागि हुदैछन् । जिल्ला शिक्षा समन्वय इकाई बाँकेका अनुसार, यस वर्ष ८ हजार १ सय ७५ जनाले एसईई परीक्षा दिन लागेका हुन् ।

जस अन्तर्गत् खुला विद्यालय ३, प्राविधिक धारका ५ विद्यालय, निजी विद्यालय ८० र सामुदायिक ८५ गरी कुल १ सय ६५ विद्यालयका विद्यार्थी एसईई परीक्षामा सहभागी हुन लागेका जिल्ला शिक्षा समन्वय इकाई बाँकेका निमित्त प्रमुख उद्धब श्रेष्ठले जानकारी दिए ।

जिल्लामा परिक्षा सञ्चालनको लागि २३ वटा केन्द्र निर्धारण गरिएकोमा सबै केन्द्राध्यक्षहरु तोकिसकिएको छ । भोली आइतबार विहान ८ बजेदेखि परीक्षा सञ्चालन हुने भएकाले सवै केन्द्रमा उत्तरपुस्तिका पुगेसकेको र प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय बाँकेमा सुरक्षाका साथ राखिएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।

परिक्षा सञ्चालनको लागि विभिन्न सरोकारवाला निकायहरुसँग समेत छलफल भइसकेको छ ।

प्रकाशित मितिः शनिबार, चैत्र ९, २०७५     7:41:45 AM  |