बाँके ।
बाँकेले भूमिसुधार तथा मालपोत कार्यालयका आठजना कर्मचारीलाई सोमवार नियन्त्रणमा लिएको छ । कार्यालय समयभन्दा पछि काम गरिरहेको अवस्थामा कर्मचारीलाई कार्यालयबाट नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले सात जना मालपोतका कर्मचारी र एक जना मालपोतका पूर्व कर्मचारीलाई सोमवार बेलुका करिव साढे सात बजे पक्राउ गरेको बताए ।
कर्मचारीले सरकारी जमिन ब्यक्तिको नाममा गरेको खुलासा भएपछि उनीहरुलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा उच्च स्रोतले जनाएको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयमा कार्यरत अधिकृत स्तरका कर्मचारी समेत भएको प्रहरी प्रमुख पौडेलले बताए ।
उनले अनुसन्धानका क्रममा रहेकोले नाम सार्वजनिक गर्न नमिल्ने बताए । उनले अहिलेसम्म ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । अनुसन्धानमा बाधा पुग्ने भएकोले नाम गोप्य राखिएको उनको भनाई छ । ‘पक्राउ पर्नेमा दुई जना लेखापढी ब्यवसायी हुन्,’ उनले भने ।
सोही मुद्धामा भूमिसुधार तथा मालपोत कार्यालय बर्दियामा कार्यरत दुई जना कर्मचारी पनि पक्राउ परेका छन् । मालपोत कार्यालयका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमिराज पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गर्न खोजेपछि कार्यालय प्रमुख फरार भएका छन् । करिब ४ महिना अगााडी ठाकुरबाबा नगरपालिका नेउलापुरमा रहेको सरकारी जग्गा व्यक्तीको नाममा नामसारी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरु विरुद्ध सरकारी कागजातमा किर्ते गरेको आरोपमा मुद्दा परेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्