बढैयातालको चौथो गाउँ सभा सम्पन्न



अनोज थारु, बर्दिया ।
बर्दियाको बढैयाताल गाउँपालिकाको चौथो गाँउसभा महत्वपुर्ण निर्णय पारित गर्दै शुक्रबार सम्पन्न भएको छ ।

चालु आर्थिक बर्ष २०७५÷०७६ मा भएका निर्णयहरु संशोधन सहित सभाले पारित गरेको हो ।

गाँउपालिकाको ४, ५, ७ र ९ गरी ४ वटा वडा कार्यालयको भवन तथा गाँउपालिकाको भवन निर्माणको लागि जग्गा र स्थान छनौट गरी प्रस्तावित योजनाहरुलाई पारित गरिएको छ ।

वडा नम्बर ६ मैनापोखर चोकको दक्षिण तर्फ रहेको पुरानो सुगर मिल रहेको करिव ३५ कठ्ठा जग्गामा गाँउपालिकाको भवन निर्माण गर्ने निर्णय पारित गरिएको गाँउपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले जानकारी दिए ।

चालु आर्थिक बर्षमा गाउँपालिकाको भवन निर्माणको लागि १० करोड र वडा कार्यालयको भवन निर्माणको लागि प्रति वडा दुई दुई करोड बजेट विनियोजन गरिएको उनले बताए । गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार कार्यालय भवन निर्माणको लागि अब चाँडै नै टेण्डर आह्वान गरिने छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ चैत २ गते शनिबार