सुर्खेत ।
विगत नौ वर्षदेखि कोहलपुरबाट प्रकाशन हुँदै आएको मिसन टुडे राष्ट्रिय दैनिकको कर्णाली प्रदेश कार्यालय सुर्खेतमा खुलेको छ ।
लामो समयदेखि कोहलपुरसहित, बाँके, बर्दिया, दाङ, सल्यान, जाजरकोटमा लगायतका जिल्लामा वितरण हुँदै आएको पत्रिकाको प्रादेशिक कार्यालय मंगलबारदेखि सुर्खेतमा पनि औपचारिक रुपमा कार्यालय स्थापना भएको हो ।
देश संघीयतामा गएसँगै कर्णालीमा पनि पत्रिका र सूचनाको पहुँच पु¥याउन सुर्खेतमा कार्यालय खोलेर विस्तार गरिएको पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक विनोद पौडेलले बताए । प्रकाशक पौडेलको उपस्थितिमा मंगलबार कार्यालय उद्घाटन गरिएको हो ।
यससँगै सुर्खेतमा नै छपाई गरी पत्रिका वितरण हुन थालेको छ । कर्णालीमा पनि सेवा विस्तारसँगै सूचना समेट्नका लागि सुर्खेतमा नै कार्यालय स्थापना गर्नुपरेको पौडेलको भनाई रहेको छ । सुर्खेतमा कार्यालय स्थापना भएपछि अब आगामी दिनमा कर्णालीका अधिकांश जिल्लामा पत्रिकाको पहुँच पु¥याइने भएको छ ।
नयाँ व्यवस्थापन र जिम्मेवारीका साथ कर्णालीको आवाजलाई पनि शसक्त स्थान दिने सम्पादक तथा प्रकाशक पौडेलले दाबी गरे ।