कोहलपुर ।
दुर्घटनामा परेर मृत्यू भएका बजाज आरईका ग्राहक तथा चालक कोहलपुर नगरपालिका ८ का नारायण प्रसाद पौडेलका परिवारलाई २० लाख रुपैया प्रदान गरिएको छ । पौडेलले चलाएको बजाज आरई गत मंसिर २८ गते दुर्घटना हुँदा उनले मृत्यू भएको थियो ।
कम्पनीले आफ्ना ग्राहकका लागि लागु गरेको ग्राहक जिवन बिमा कार्यक्रम अन्तरर्गत पौडेलका परिवारलाई उक्त रकम प्रदान गरिएको हो । आइतबार एक कार्यक्रमका बिच प्रदेश सांसद कृष्णा केसी (नमुना) र कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले सयुक्त रुपमा पौडेलकी श्रीमती रमारत्ना पौडेललाई २० लाख रुपैयाको चेक प्रदान गरेका थिए ।
राहात प्रदान कार्यक्रममा बोल्दै प्रदेश सांसद नमुनाले सकारात्मक कामको थालनी भएको बताइन् । कम्पनीले थालेको अभियान एकदमै सकारात्मक छ, उनले भनिन्, यस्ता कार्यहरुको अरुहरुले पनी अनुसरण गर्नुपर्छ ।
यस्ता सहयोगले केही मात्रामा भएपनी पिडित परिवारका पिडामा मलम लगाउन सहयोग पुग्ने प्रदेश सांसद नमुनाको भनाई रहेको थियो । बजाज आरईका जिएम योगेन्द्र श्रेष्ठले आफ्ना ग्राहकहरु निम्न स्तरका मानिसहरु भएकाले कम्पनीले यो कार्यक्रम लागु गरेको जानकारी दिए । सवारी धनी तथा उसका परिवारलाई दुर्घटनापश्चात समेत पनी केही आर्थिक सहयोग होस् भन्ने हेतुका साथ चालक दुर्घटना बिमा कार्यक्रम ल्याएका हौं, उनले भने ।
बजाज आरई चलाउने तथा तीनका परिवारको सुरक्षाको जिम्मा समेत कम्पनीले लिनुपर्छ भन्ने उद्वेश्यका साथ ग्राहक जिवन बिमाको अवधारणा अगाडि सारिएको जिएम श्रेष्ठले बताए । श्री पानस मोटर्स कोहलपुरबाट पौडेलले गत भदौं २५ गते भे १ ह ३४७७ नम्बरको बजाज आरई खरिद गरेका थिए । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले अत्यन्तै राम्रो कामको सुरुवात भएको भन्दै प्रशसा समेत गरे ।
परिवारलाई पाएको रकम सही ठाउँमा सदुपयोग गर्न उनले आग्रह समेत गरे । श्री पानस मोटर्स कोहलपुरका सञ्चालक ज्ञानेन्द्र खनालले पहिलोपटक दुर्घटनापछि पौडेलका परिवारले बिमाको २० लाख रुपैया पाएको जानकारी दिए ।
उक्त ग्राहक जिवन बिमाको रकम पौडेलका परिवारले शिखर इन्स्योरेन्स मार्फत पाएका हुन् । बजाज आरई खरिद गरेपछि तीन बर्षसम्म ग्राहक जिवन बिमा कम्पनीले नै गरिदिने गरेको छ । श्री पानस मोटर्स कोहलपुरका अध्यक्ष टंक खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विश्वराज खनालले गरेका थिए ।
उक्त कार्यक्रममा शिखर इन्स्योरेन्सका प्रतिनिधी सन्तोष पाण्डे, यस क्षेत्रका कम्पनीका डिलर प्रमुख, स्थानीय जनप्रतिनिधी, यातायात व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्