8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

राजापुरमा वडा स्वास्थ्य क्लिनिक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५  

राजापुर ।

बर्दियाको राजापुर नगरपालिका ८ धोविनपुरमा वडा स्वास्थ्य क्लिनिकको उद्घाटन गरिएको छ ।

क्लिनिकको एक कार्यक्रमका बिच शनिबार वडा नम्बर ८ का अध्यक्ष चिन्तामणी आचार्यले रिबन काटेर उद्घाटन गरेका थिए । उनले आफु जनप्रतिनिधी भएर आइसकेपछि नगरपालिका अन्य वडाहरु भन्दा पहिले स्वास्थ्य क्लिनिकको स्थापना गर्न सफल भएको बताए ।

वडा अध्यक्ष आचार्यले आगामी दिनमा बर्थिङ सेन्टरको स्थापना गरिने र प्राथमिक स्वास्थ्य केन्द्र सरहकोे सेवा दिने गरी क्लिनिकको स्तरउन्नती गरिने प्रतिबद्वता जनाए । क्लिनिक उद्घाटन कार्यक्रममा बोल्दै समाजसेवी मेनका पौडेलले सिंह दरबारको अधिकार बल्ल गाउँगाउँमा आउन थालेको महसुस हुन थालेको बताइन् ।

नेकपा राजापुर गाउँ कमिटीका अध्यक्ष राजकिरण चौधरीले यसलाई निरन्तरता दिनका लागि प्राथमिक स्वास्थ्य केन्द्र सरहको सेवा सुविधाहरु क्लिनिकबाट नै दिनुपर्ने बताए । क्लिनिकबाट नै केन्द्र सरहको सुविधा दिन सकिए चुनावको बेला जनतिनिधीहरुले गरेको प्रतिबद्वता पूरा हुन्छ, उनले भने ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालले क्लिनिक स्थापना भएसँगै वडाका सामान्य बिरामीहरु उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताए ।

आगामी दिनमा क्लिनिकबाटै अन्य सेवाहरु समेत प्रभाव गर्नको लागि भवन बनाउन २ करोड रुपैया स्वीकृत भएर आइसकेको छ, उनले भने, जग्गा उपलब्ध हुने बित्तिकै काम अगाडि बढ्नेछ ।

उद्घाटन कार्यक्रम वडा नं. ८ का जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, महिला स्वास्थ स्वयमसेविका, स्थानीय सरोकारवाला निकाय, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १२, २०७५     7:38:03 AM  |