8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

३० किलो चरेशसहित ३ जनालाई पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५  

नेपालगन्ज ।

५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलबाट प्रहरीले ३० किलो लागुऔषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।

५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले शनिबार साझ बुटवल बसपार्कबाट उनीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरका राजु कुमार स्याङताङ, शंकर वाईबा र ईन्द्रमान तामाङ रहेको ब्यूरोले जनाएको छ । आलुको बोराभित्र लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले चरेशसहित ३ जनालाई पक्राउ गरेको हो ।

बरामद चरेशसहित पक्राउ परेका तीनै जनालाई ब्यूरोले स्थानीय प्रहरीको जिम्मा लगाएको छ ।

प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५     7:48:22 PM  |