चितुवाको छाला सहित दुई जनालाई पक्राउ



नेपालगञ्ज । चितुवाको छालासहित नेपालगञ्ज  उप–महानगरपालिका ४ बसपार्कबाट प्रहरीले चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ ।

बिशेष सुचनाको आधारमा पक्राउ गरिएको प्रदेश नं. ५ अनुसन्धान समुहका प्रमुख प्रहरी निरीक्षक बोधराज रेग्मीले जानकारी दिए ।

छालासहित रोल्पा लिवाङ्ग नगरपालिका वडा नं. १ बस्ने ४४ बर्षीय चन्द्रबहादुर घर्ती र स्मृति गाँउपालिका २ बस्ने आइते बिष्ट मगरलाई पक्राउ गरिएको उनले जानकारी दिए । दुबै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ फागुन १ गते बुधबार