1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

तथ्याक संकलन शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५  

कोहलपुर, ०१ फाल्गुन. बाँके जिल्लाको डुडुवा गाउँपालिकाले साक्षरता अभियानलाई सफल बनाउन आजदेखि घरधुरी सर्भेक्षण अभियान शुरु गरेको छ । गाउँपालिकाले बालबिकास केन्द्रका शिक्षिका र महिला स्वास्थ्य स्वयम्सेविका गरि १३० जना स्वयम्सेवक परिचालन गरि संक्षिप्त घरधुरी तथ्यांक संकलनको कार्य शुरु गरेको छ ।

दुई जनाका दरले ६५ वटा समुहमार्फत तथ्याक संकलनको थालिएको हो । नेपाल सरकारले यो आर्थिक वर्ष २०७५।०७६ भित्र देशका सम्पुर्ण जिल्ला साक्षरता घोषणा गर्ने अभियान अन्र्तगत तथ्याक संकलनको कार्य शुभारम्भ गरिएको हो ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार एक कार्यक्रमका विच तथ्याक संकलनकर्ताहरुलाई स्टेशनरीसहितको सामाग्री हस्तान्तरण गर्दै गाउँपालिकाका सम्पुर्ण नागरिकहरुको साक्षरताको अवस्था लिन आग्रह गरे । उनले यो सर्भेपछि आएको तथ्यांकका आधारमा साक्षरता अभियान संचालन गरिने बताए । गाउँपालिकाको वडा नं. १ देखि ६ वटै वडामा १५ दिनभित्र घरधुरी सर्भेक्षण गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवालीले बताए ।

सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साहिदा बानो लगायत जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिती रहेको थियो । नेपाल सरकारले यो आर्थिक वर्षभित्र देशका सम्पुर्ण जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत हाल देशका ७७ वटा जिल्लामध्ये बाँके र कपिलबस्तु गरि दुई वटा जिल्ला मात्र साक्षरता घोषणा हुन बाँकी रहेका छन् ।

प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५     6:23:08 AM  |