रावन बिश्वकर्मा, बर्दिया, ०१ फाल्गुन , बर्दियाको बाँसगढीमा बर्षातका कारण स्थगित भएको आधारभत तह स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । राँझा हिमाल ईगंलिस मिडियम बोडिङ स्कुलले गत माघ २२ गते देखि २४ गते सम्म आयोजना गरेको प्रतियोगिता पानी परेकाले स्थगित भएको थियो । उक्त प्रतियोगिताका फाईनल चरणका खेलहरु मंगलबार सम्पन्न भएका थिए ।
नगरपालिका २ राँझामा भएको प्रतियोगितामा वडा नम्बर २ र ३ वडाका ७ वटा विद्यालयहरुले सहभागिता जनाएको बताइएको छ । खेलकुद प्रतियोगिता भएका बिभिन्न बिधाका खेलहरुमा प्रथम, द्धितिय र तृतिय भएका विद्यालयका छात्र र छात्राहरुलाई पुरुस्कार बितरण गरिएको
थियो । भलिवल छात्र र छात्रा दुवै खेलमा आयोजक राझा हिमालले प्रथम स्थान हात पार्न सफल भयो भने छात्र छात्रा दुवै खेलमा जिवनज्योती माबि राँझा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो ।
त्यसैगरी छात्र भलिवल तर्फ जनता माबि बेलवा र छात्रा तर्फ गोल्डेन फ्युचर बेलवाले तेस्रो स्थान हात पारे । कवर्डी खेल छात्र तर्फ गोल्डेन फ्युचर बेलवा प्रथम, जिवन ज्योती माबि राँझा दोस्रो र राँझा हिमाल स्कुल तेस्रो भए । छात्रा कवर्डी तर्फ जिवनज्योती माबि राँझा प्रथम, जनता माबि बेलवा दोस्रो र सरस्वती आधारभुत बेतहनी तेस्रो हुन सफल भए ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित सुरु भएको खेलकुद प्रतियोगितामा हाईजम्प, लम्जम्प, सटफुट खेलमा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयका छात्र छात्राहरुलाई समेत पुरुस्कार प्रदान गरिएको थियो ।
राँझा हिमाल ईगंलिस मिडियम बोडिङ्ग स्कुलका प्रिन्सिपल थल बहादुर वलीको अध्यक्षतमा भएको पुरुस्कार बितरण कार्यक्रममा २ नम्बर वडाका वडा अध्यक्ष घमण्ड चन्द, वडा सदस्य बिमला परियार, क्षेत्रिय रेफरी तथा कोच लोकेन्द्र चन्द, जिवन जोति माबि राँझाका शिक्षक खड्क मल्ल, तिलक केसी, प्रेम खड्का, जनता माबि बेलवाका शिक्षक देवनन्द थारु, स्थानिय युवा प्रेम हमाल, दुर्गा केसी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक धर्मपाल डिसीले गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्