1 December 2023  |   शनिबार, मंसिर १६, २०८०

सरस्वती पुजाको तयारी गर्न बाँस काटिरहेका शिक्षकको करेन्ट लागेर मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २७, २०७५  

लम्की- सरस्वती पूजाको तयारी गरिरहेका कैलालीका एक शिक्षकको मृत्यु भएको छ । बाजुराको कुलमाण्डौँस्थायी घर भई हाल घोडाघोडी नगरपालिका–२ साढेपानीमा रहेको दशरथ माविमा कार्यरत २३ वर्षीय शिक्षक हुकुम जैसीकोे करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर विद्यार्थी सुशील बिष्ट र खम्बिर जोशी घाइते भएका छन् । घाइते विद्यार्थीको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको छ । सरस्वती पूजाको पूर्वतयारीका क्रममा विद्यालय हाताभित्र रहेको हरियो बाँस काटेर तान्ने क्रममा बाँसले हाइटेन्सनको नाङ्गो तारलाई छोएपछि करेन्ट लागेको थियो ।

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     4:02:54 PM  |