6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

खजुरामा रानाभाट र भाट समाज नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २७, २०७५  

कोहलपुर, २७, बाँकेको खजुरामा रानाभाट र भाट समाज नेपालको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आइतबार रानाभाट र भाट समाज नेपालको खोज अनुसन्धान एवं इतिहास प्रकाशन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको हो ।


त्यस्तै रानाभाट र भाट समाज नेपाल जिल्ला समिति बाँके र बर्दियाको चौथो अधिवेशन आइतबार बाँकेको खजुरा सामुदायिक बन गिजरामा समाजका केन्द्रीय अध्यक्ष बाबुराम रानाभाट प्रमुख अतिथि समेत रहेका इतिहासबिद प्रा. डा. राजाराम सुबेदी विशिष्ट अतिथि थिए ।

कार्यक्रममा केन्द्रीय बरिस्ठ उपाध्यक्ष नेत्र बहादुर रानाभाट, केन्द्रीय महासचिव हरि रानाभाट केन्द्रीय कोषाध्यक्ष बालचन्द्र रानाभाट लगायत केन्द्रीय सदस्य तथा मध्य पश्चिमाञ्चल क्षेत्रीय पदाधिकारी तथा सदस्य, बाँके र बर्दियाका पदाधिकारी तथा सदस्य लगायत बाँके र बर्दियाका अन्दाजी १५० जनाको सहभागीता रहेको थियो ।
चौथो अधिवेशनबाट बाँकेका रानाभाट र भाट समाज नेपालको शुरेशजंग बन्जाराको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । भने बर्दियाका रानाभाट र भाट समाज नेपालको बुद्धि बहादुर रानाभाटको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको थियोे । सो कार्यक्रम रानाभाट र भाट समाज नेपाल मध्य पश्चिमाञ्चल अध्यक्ष भीम बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मितिः आइतवार, माघ २७, २०७५     3:07:18 PM  |