रावन विश्वकर्मा १९, बर्दिया, सप्ताहव्यापी सडक सुरक्षा अभियान अन्तरगत बाँसगढीमा ४ सय साईकलहरुमा रिफ्लेक्टिङ स्टिकर टाँस गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीको निर्देशनमा बर्दिया जिल्लाका बिभिन्न क्षेत्रमा साइकलहरुमा रिफ्लेक्टिङ स्टिकर टाँस गर्ने कार्यलाई तिव्रता दिइएको र बाँसगढीमा पनि साईकलहरुमा स्टिकर टाँस गरिएको प्रहरी निरिक्षक बसन्त गौतमले बताए । सोही निर्देशन अनुसार सडक नियमको पालन आर्दश नागरिकको पहिचान भन्ने नारा सहित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय बाँसगढीको समन्वयमा सि.जि फुड्स इन्टरप्राईजेज बर्दियाले १५ गते देखि सप्ताह व्यापी सडक सुरक्षा अभियान सञ्चालन गरेको हो ।
अभियानको चौथो दिन बुधबार सि.जि फुड्समा काम गर्ने कामदार र पुर्ब पश्चिम महेन्द्र राजमार्गमा ओहोर दोहोर गर्ने साईकलहरुको पछाडि रिफ्लेक्टिङ स्टिकर टाँसिएको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरिक्षक बसन्त गौतमले बताए ।
तराईमा चिसो मौसम बढेसंगै हुस्सु कुहिरो लाग्ने र हुस्सुले गर्दा नजिकैको बस्तु पनि देख्न मुस्किल हुने भएकाले सवारी दुर्घटना न्युनिकरणका लागि ४ सय बढी साईकलहरुमा स्टिकर टाँसिएको प्रहरी निरिक्षक गौतमले बताए । रिफ्लेक्टिङ स्टिकर टाँस गर्दा स्टिकर टल्कने र केही परैबाट अगाडिको बस्तु देखिदा दुर्घटना हुन बाट बचावट हुने जनाईएको छ । स्टिकर टाँस्ने कार्यक्रममा सि.जि कम्पनीका प्रशासकिय प्रमुख तुल्सीराम रेग्मी, ईलाका प्रहरी कार्यालय बासगढीका प्रमुख बसन्त गौतम, प्रहरी, ट्राफिक प्रहरी कमदार लगायतको सहभागिता रहेको थियो ।
सडक दुर्घटना न्युनिकरण र सुरक्षिक सडक प्रयोगको लागि सडक सुरक्षा अभियान सञ्चालन गरिएको सि.जि फुड्स इन्टरप्राईजेज बाँसगढी बर्दियाका प्रशासकिय अधिकृत तुल्सीराम रेग्मी बताए । त्यस्तै अभियानको अबधिमा सडक सुरक्षा सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, स्लो बाईक रेस(बाईक ट्रराईल कम्पोटिसन), ट्राफिक चिन्ह सम्बन्धी चित्रकला प्रतियोगिता, सडक सुरक्षा र हाम्रो जिम्वेवारी भन्ने बिषयमा वतृत्वकला प्रतियोगिता सञ्चालन गरिने छ ।