रावन विश्वकर्मा १९, बर्दिया, सप्ताहव्यापी सडक सुरक्षा अभियान अन्तरगत बाँसगढीमा ४ सय साईकलहरुमा रिफ्लेक्टिङ स्टिकर टाँस गरिएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीको निर्देशनमा बर्दिया जिल्लाका बिभिन्न क्षेत्रमा साइकलहरुमा रिफ्लेक्टिङ स्टिकर टाँस गर्ने कार्यलाई तिव्रता दिइएको र बाँसगढीमा पनि साईकलहरुमा स्टिकर टाँस गरिएको प्रहरी निरिक्षक बसन्त गौतमले बताए । सोही निर्देशन अनुसार सडक नियमको पालन आर्द
श नागरिकको पहिचान भन्ने नारा सहित सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ईलाका प्रहरी कार्यालय बाँसगढीको समन्वयमा सि.जि फुड्स इन्टरप्राईजेज बर्दियाले १५ गते देखि सप्ताह व्यापी सडक सुरक्षा अभियान सञ्चालन गरेको हो ।
अभियानको चौथो दिन बुधबार सि.जि फुड्समा काम गर्ने कामदार र पुर्ब पश्चिम महेन्द्र राजमार्गमा ओहोर दोहोर गर्ने साईकलहरुको पछाडि रिफ्लेक्टिङ स्टिकर टाँसिएको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरिक्षक बसन्त गौतमले बताए ।
तराईमा चिसो मौसम बढेसंगै हुस्सु कुहिरो लाग्ने र हुस्सुले गर्दा नजिकैको बस्तु पनि देख्न मुस्किल हुने भएकाले सवारी दुर्घटना न्युनिकरणका लागि ४ सय बढी साईकलहरुमा स्टिकर टाँसिएको प्रहरी निरिक्षक गौतमले बताए । रिफ्लेक्टिङ स्टिकर टाँस गर्दा स्टिकर टल्कने र केही परैबाट अगाडिको बस्तु देखिदा दुर्घटना हुन बाट बचावट हुने जनाईएको छ । स्टिकर टाँस्ने कार्यक्रममा सि.जि कम्पनीका प्रशासकिय प्रमुख तुल्सीराम रेग्मी, ईलाका प्रहरी कार्यालय बासगढीका प्रमुख बसन्त गौतम, प्रहरी, ट्राफिक प्रहरी कमदार लगायतको सहभागिता रहेको थियो ।
सडक दुर्घटना न्युनिकरण र सुरक्षिक सडक प्रयोगको लागि सडक सुरक्षा अभियान सञ्चालन गरिएको सि.जि फुड्स इन्टरप्राईजेज बाँसगढी बर्दियाका प्रशासकिय अधिकृत तुल्सीराम रेग्मी बताए । त्यस्तै अभियानको अबधिमा सडक सुरक्षा सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, स्लो बाईक रेस(बाईक ट्रराईल कम्पोटिसन), ट्राफिक चिन्ह सम्बन्धी चित्रकला प्रतियोगिता, सडक सुरक्षा र हाम्रो जिम्वेवारी भन्ने बिषयमा वतृत्वकला प्रतियोगिता सञ्चालन गरिने छ ।









प्रतिक्रिया दिनुहोस्