8 December 2023  |   शुक्रबार, मंसिर २२, २०८०

‘नयाँ सोच लिएर व्यवसाय क्षेत्रमा आएको छु’ भिडियो सहित हेर्नुहोस् ।

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १३, २०७५  

रेडियो मिसन ९०.६ मेगाहर्जको विशेष कार्यक्रम ‘मिसन चौतारी’ मा होटेल म्याक्सका सञ्चालक मनोज केसीसँग कार्यक्रम प्रस्तोता कपिल अञ्जानले गरेको विशेष कुराकानीको केही अंश —

१. तपाइले कोहलपुरमा होटल म्याक्स सञ्चालन गर्दैै  हुनुहुन्छ । अन्य होटलको तुलनामा के छ नयाँ र परक सोच ?

कोलपुरमा होटल म्याक्स सञ्चालनमा ल्याउँदै छु । किनकी म एउटा यूवा अहिले ३० वर्षको भए । मैले आफ्नो मास्टर एम.एसी. गरिसकेपछि मैले एउटा सोच बनाएको थिए । विकासको योजना रोज्नु लिएपछि भविष्यमा राम्रो बन्न सक्छु । मैले कुन क्षेत्र छानेपछि भनिष्यमा सफल व्यतिm बन्न सक्छु । कोहलपुर नेपालको यस्तो ठाउँ हो । मुख्य मुख्य ठाउँहरुलाई दुर्गम र सुगम क्षेत्रमा छुन सक्ने, भन्सारसंग पनि नजिक भएको कारणले कोहलपुर नेपालगञ्ज भन्सार भएको र पर्यटकीय सम्भावना बोकेको स्थान भएकोले कोहलपुरमा नै होटल खोल्ने सोच बनाएको हुँ ।

२. तपाई शिक्षण पेशा छोडेर व्यवसायतिर लाग्नु भयो । के देखेर किन आउँनुभयो यो पेशामा ?

शिक्षण पेशाप्रति अझै पनि मेरो मन मरेको छैन । शिक्षण पेसा कहिलै पनि मर्दैन रहेछ । म एक दिन शिक्षण पेसा म फेरी फर्किन्छु । त्यो समयलाई कुरिरहेको छु । आफ्नो पनि विद्यालय रहेको छ । आफुलाई समय व्यवस्थापन गर्न नसकेकोले म शिक्षण पेशामा संग्लन हुन सकेको छै्रन ।

३. होटल म्याक्स निर्माणको कति काम भयो र यो कहिले सञ्चालनमा आउँछ ?

लगभग ७५ प्रतिशत काम सकिसकेको अवस्था छ । आउँदो २०७६ को बैशाखको १ गते सुरु गर्ने जर्मको गरेका छौं ।

४. होटल म्याक्समा ग्राहकहरुले कस्ता किसमको सुविधाहरु पाउँन सक्नेछन् ?

सर्वप्रथम नयाँ डिजाइन ल्याएर कोहलपुरमा छिरेको छु । मेरो होटलको भिजन भनेको घरको छतमा स्वीमीङ्ग बनाउने र स्वमीङ्गबार पनि त्यहाँ राखिएको छ । कोहलपुरको बीचमा सुविधा सम्पन्न फोरस्टारको रेन्जमा रहेर मैले बनाएको छु । त्यस्मा स्पाजीम, कफी सप, रेष्टुरेण्टहरु, रुमहरु सम्पूर्ण सुविधाहरु हुनेछन् । त्यसमा पनि स्यामसूङ्ग एसी जडान गरिएको छ ।

५. होटलमा कति वटा कोठाहरु सञ्चालन गर्ने तयारी गरिरहनुभएको छ ?

हाम्रो होटलको जम्मा कोठा ४९ वठवटा रहेका छन् भने २ वटा रेष्टुरेण्ट छ । एउटा बार रेष्टुरेष्ट रहेको छ । त्यो किसिमको सुविधा कोहलपुरमा कसैको पनि छैन ।
६. स्थानीय रोजगारको रुपमा कति जनाले तपाईको होटलमा रोजगार पाउने छन् ?

हामीले होटल म्याक्समा ७२ जना भन्दा बढि कर्मचारी राख्नेछौँ । म कोपरेटिभको उपाध्यक्ष पनि हो । यसमा ३ जना कर्मचारी राखेका रहेका छौं । राप्तीसोनारीमा रहेको स्कुलमा ३५ जना कर्मचारी राखेका छौं । पछिल्लो अवस्थामा नयाँ प्रोजेक्ट ल्याउँदै छौं जसमा ७२ जना कर्मचारी आवश्यकता रहेको छ । कोहलपुरमा मात्र नभई राप्तीसोनारीमा पनि स्कुल छ, त्यहाँ ३५ जनालाई रोजगार दिएको छु ।

७. विदेशिने नेपालीलाई विदेशमा दुःख हुन्छ नेपालमै पनि काम गर्न सक्छौं भन्ने सूचना प्राप्त भएको छ ?

कुनै समयमा म पनि बिदेश जानुपर्छ भन्ने सोच थियो । नेपालमा काम गर्न जाँदा दुनिया थरी गर्नुपर्ने । राजनितिक दलसंग या कसैसंग झुकाव राख्नुपर्ने थिएन । मेरो अफिसमा अहिलेसम्म क्षमताअनुसार उसको क्षमतलाई हेरेर काममा लगाउँछौं । नेपालमा भनसुनको आधारमा काममा लगाउँदैनौं । नेपालमा शिक्षा लगिसकेपछि एउटा स्टेन्डर आइसकेको छ । उनीहरुको आफ्नो आत्मालाई किन तल छार्ने हो भनेर कसैको अगाडि नझुक्ने, काम खोज्दा नपाउँने जस्ता चपेटामा परेका  छन् । मेरो आमा हुनुहुन्छ, बुबा हुनुहुँदैन तर मेरो बुवाको स्रोतलाई प्रयोग गरेर काम गरेको छु । मेरो बुबाको असाध्यै सम्झना
आउँछ । उहाँकै सपोर्टले गर्दा रेलवेको विजनेशले गर्दा म यहाँ सम्म आई पुगेको छु । म यो स्थान सम्म पुग्नको लागि मेरो बुवा आमा र श्रीमतीको हात छ ।

८. यस क्षेत्रको पर्यटकिय विकासको के गर्नुपर्छ जस्तो लाग्छ ?

पर्यटकीयको बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज कोहलपुरका लागि मेरुदण्ड नै हो । कोहलपुरमा ठुला ठुला होटलहरु सञ्चालन हुँदै छन् । कुनै पनि समाज, राष्ट्रिको हितको लागि काम गर्ने मान्छेलाई हौसला दिउँ गर्न नसक्ने भन्ने हुँदैन । उसले पनि गर्न सक्ने भनेर आएको हुन्छ । त्यसमा साथमा साथ हातमा हात दिनुपर्ने जरुरी देखेको छु । कोहलपुरमा आन्तरिक पर्यटक, बाह्य पर्यटक आमन्त्रण गर्नका लागि विभिन्न योजनाहरु बनाए भने कोहलपुरको टेवा पु¥याउन सक्छ । कार्यक्रम गर्नका लागि सिटी हल, क्रिकेट मैदान निर्माण बनाइँदै छ । नेपालमा विकास निर्माणको कामहरुलाई सयौ वर्ष सम्म टिकाउ हुने
होस् । सडक निर्माण गरिन्छ तर केही वर्षमा नै भत्कीएर जान्छ यदि त्यो रोड निर्माण गर्दा अति धरै खर्च गरी गुणस्तिरिय सडक बनाए पछि राम्रो हुन्छ । बाह्य र आन्तरिक पर्यटकहरु नेपालगञ्ज र बाँकेका होटलहरुमा झर्ने गर्दछ । त्यसकारण यहाँको आर्थिक स्थिति उच्च हुने छ ।

शिक्षक तथा ब्यापारी कोहलपुर नगरपालीका ११ मा संन्चालन हुदै गरेको होटेल म्याक्स का संचालक मनोज केसी संगको भलाकुसारी साथमा कपिल अन्जान समृद्धिको सहयात्री रेडियो मिसन बाँके आसपारमा ९०.६ मेगहर्ज र अनलाईन www.radiomission.com.npर फेसबुक लाईभ मार्फत बिश्वभर एकैसाथ ।

Posted by रेडियो मिसन on Sunday, 23 December 2018

 

प्रकाशित मितिः शुक्रबार, पुस १३, २०७५     2:26:10 PM  |