कोहलपुर/ बाँकेको कोहलपुरमा सम्पन्न भएको १० औं क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कोहलपुरमा–२ मा रहेको जनज्योति पब्लिक माविले उपाधि हात पारेको छ । कोहलपुर क्षेत्रका संस्थागत विद्यालयको छाता संगठन क्रिसाले यही पौष ७ गते देखि सञ्चालन गरेको प्रतियोगिताको उपाधि जनज्योतिले हात पारेको हो ।
जनज्योति पब्लिक माविले मावि तहतर्फ ७ स्वर्ण, १ रजत र १ कास्य पदक, आधारभूत तहतर्फ ६ स्वर्ण, ३ रजत सहित १० औं क्रिसा रनिङ्ग शिल्डको उपाधि हात परेको छ । त्यस्तै प्रतियोगितामा मावि छात्र भलिबल तर्फ जनज्योति पब्लिक प्रथम, दिपज्योति मावि द्वितीय र ग्रिनपिस मावि तृतीय भएको छन् भने छात्रा तर्फ साईनिङ्ग स्टार मावि प्रथम, नमुना विद्यासदन मावि द्वितीय र भेरी फ्युचर स्टार मावि तृतीय भएको छ ।
एथ्लेस्टिक मावि अन्तगर्त छात्र तर्फ जनज्योति पब्लिक प्रथम, ग्रिनपिस मावि द्वितीय र गोरखा यूनाईटेड पब्लिक तृतीय भएको छन् भने छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुल प्रथम, साईनिङ्ग स्टार मावि द्वितीय र दिपज्योति विद्या निकेतन तृतीय भएको छ । त्यस्तै आधारभूत तह अन्तर्गत छात्र तर्फ हिमालय विद्या निकेतन प्रथम, जनज्योति पब्लिक मावि द्वितीय र दिपज्योति र तक्षशिला एकेडेमी तृतीय भएका छन् भने छात्रा तर्फ जनज्योति पब्लिक मावि प्रथम, हिमालय विद्या निकेतन द्वितीय र ग्रिनपिस मावि तृतीय भएका छन् ।
लङ्ग जम्प मावि अन्तर्गतको छात्र तर्फ जनज्योति पब्लिक माविका आशिस चन्द प्रथम, दिपज्योति विद्या सदनका बुद्वि बस्नेत द्वितीय र पञ्चमुखी अंग्रेजी माविका धिरज बुढा तृतीय भएको छन् भने छात्रा तर्फ गोरर्खा यूनाईटेड पब्लिक स्कुलकी निलिमा मल्ल प्रथम, साईनिङ्ग स्टार माविकी श्रृष्टि शाही द्वितीय र हिमालय विद्यानिकेतनकी प्रियंका खड्का तृतीय भएकी छिन् ।
त्यस्तै लङ्ग जम्प आधारभूत तह अन्तर्गतको छात्र तर्फ हिमालय विद्यानिकेतनका आकृष कुँवर प्रथम, तक्षशिला एकेडेमीका सौरव बुढा द्वितीय र रामजानकी माविका पारस चौधरी तृतीय भएको छन् भने छात्रा तर्फ हिमालय विद्यानिकेतनकी गंगा थापा मगर प्रथम, जनज्योति पब्लिक माविकी अंकिता थारु द्वितीय भएकी छिन् ।
प्रतियोगिताको सटपट मावि अन्तर्गत छात्र तर्फ बागेश्वरी एकेमेडीका विजय खाँड प्रथम, दिपज्योति विद्या सदनका किरण चन्द द्वितीय र ग्रिनपिस माविका उमेश शाह तृतीय भएको छन् भने छात्रा तर्फ जनज्योति पब्लिक माविकी बालकुमारी सिंह प्रथम, ग्रिनपिस माविकी पुर्णिमा खड्का द्वितीय र साईनिङ्ग स्टार माविकी लक्ष्मी सुनार तृतीय भएकी छिन् ।
त्यस्तै सटपट आधारभूत तह अन्तर्गत छात्र तर्फ जनज्योति पब्लिक माविका प्रेम बिसी प्रथम, हिमालय विद्यानिकेतनका विवेकजंग बस्नेत द्वितीय र स्काईल्याण्डका किरण केसी तृतीय भएका छन् भने छात्रा तर्फ ग्रिनपिस माविकी दिपशिखा पुरी प्रथम, नोबेल एकेडेमीकी भावना रावल द्वितीय र दिपज्योति माविकी प्रमिला थापा तृतीय भएकी छिन् ।
प्रतियोगिताको आधारभूत तह अन्तर्ग ८ सय मिटर दौडमा छात्र र छात्रा तर्फ जनज्योति पब्लिक मावि प्रथम, एक सय मिटर दौडमा छात्र तर्फ हिमालय विद्यानिकेतन र छात्रा तर्फ जनज्योति पब्लिक मावि प्रथम भएको छ भने मावि तह अन्तर्गत छात्र तर्फ जनज्योति पब्लिक मावि र छात्रा तर्फ गोरखा यूनाईटेड प्रथम भएका छन् । साथै १५ सय मिटर दौडको मावि तह अन्तर्गत छात्र तर्फ जनज्योति पब्लिक मावि र छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिक स्कुल प्रथम भएका छन् ।
त्यस्तै उत्कृष्ट भलिबल छात्र खेलाडि तर्फ जनज्योति पब्लिक माविका बसन्त सिंह, छात्रा तर्फ साईनिङ्ग स्टार माविकी लक्ष्मी सुनार रहेकी छिन् । एथलेस्टिक तर्फको उत्कृष्ट मावि अन्तर्गत छात्र जनज्योति पब्लिक माविका सुभाष बराल र छात्रा तर्फ गोरखा यूनाईटेड पब्लिककी निलिमा मल्ल रहेकी छिन् भने आधारभूत तह अन्तर्गत छात्र हिमालय विद्या निकेतनका आकृष कुँवर र छात्रा तर्फ ज्ञानज्योति पब्लिक माविकी सरुना चौधरी हुन सफल भएकी छिन् ।
प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै कोहलपुर नगर शिक्षा शाखा प्रमुख रामसुरेश यादवले बालबालिका भित्र रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण अर्थ राख्ने भन्दै यस्ता क्रियाकलापलाई जोड दिन सुझाव दिएका थिए । साथै उनले पाठ्क्रमले तोकेका विषय वस्तुसँगै अतिरिक्त क्रियाकलापमा सहभागि गराउँदा विद्यार्थीहरुको चौतर्फि विकास हुने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै क्रिसाका अध्यक्ष दिनेश सिग्देलले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका विद्यालय, शिक्षक खेलाडि विद्यार्थी लगायत सबैलाई धन्यवाद व्यक्त गरेका थिए । क्रिसाले प्रत्यक वर्ष क्रिसा रनिङ्ग शिल्ड प्रतियोगिता गर्दै आइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्