3 December 2023  |   आइतवार, मंसिर १७, २०८०

योग तथा प्राकृतिक स्वास्थ्य समाजले ग¥यो सरसफाई अभियान सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५  

डिल्ली शाही, बाँके २९/ योग तथा प्राकृतिक स्वास्थ्य समाज नेपालको आयोजनामा कोहलपुर नगरपालिका क्षेत्र भित्र पर्ने १५ वटै वडाहरुमा ‘‘रोग मूक्त शरिर, फोहोर मूक्त समाज” भन्ने मुल नाराका साथ शनिबार कोहलपुर चौराहबाट हाम्रो अभियान सुरु भएको छ । कोहलपुर चौराहबाट सुरु भएको हाम्रो अभियान कोहलपुर चौराहका क्षेत्र वरीवरी सरसफाई गर्दै चौराहमा नै समापन गरिएको थियो । समापन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले आफ्नो घर आफै सफा राख्नु पर्ने जब आफुले आफ्नो घर सफा भए समाज सफा हुन्छ । अनि मात्र कोहलपुर नगरपालिका सफा सुन्दर र हरित कोहलपुर बन्छ । जहाँ व्यपार गछौं त्यहाँ सफा गरौं भन्दै रावतले कोहलपुरका विभिन्न कोहलपुर नगरपालिका १५ वटै वडाहरुमा रहेका पसल, संघ—संस्था, टोल छिमेकलाई अनुरोध गरेका छन् ।

योग तथा प्राकृतिक स्वास्थ्य समाज नेपालका अध्यक्ष नम प्रसाद शर्माले अब हाम्रो अभियान कोहलपुर नगरपालिका भित्र अब प्रत्येक शनिबार चिसो समयमा विहान ७ बजेबाट सुरु भएको ८ ः ३० बजे भने फागुन देखि बिहान २ घण्टासम्म सम्पूर्ण कोहलपुर नगरपालिका भित्र हाम्रो अभियान सञ्चालन हुने बताए । यस अभियानमा सफल बनाउनकालाई कार्य समिति समेत गठन गरेको छन् । कोहलपुर चौराह क्षेत्र भित्र मात्र सरसफाई अभियान सफल पार्नेका लागि विकास विसी अध्यक्षतामा ५ सदस्यीय चयन गरेको छ । जसमा जया सरा रिजाल उपाध्यक्ष, सचिव भरत बुढा, महिला सदस्य दुर्गा सुवेदी, सदस्यमा भिमसरा बस्नेत चयन गरेका छन् । उक्त समितिले कोहलपुर चौराहको सरसफाई गर्नका लागि र उक्त क्षेत्रमा फोहोरमैला जस्ले गर्छ उक्त व्यक्ति, बदाम, कमै बेच्न राखेका व्यक्तिहरुले फोहार गरेर भने ५० रुपैया सम्मको जरिवाना लाग्ने छ भने यसको निरानी कोहलपुर उद्योग वाणिज्य संघले गर्ने छ । शर्माले भने यस्तै समिति गठन प्रत्येक टोल छिमेकमा हुने बताए ।

कोहलपुर उद्योग वाणिज संघका अध्यक्ष चक्र अधिकारीले कोहलपुरलाई सफा सुन्दर बनाउने हाम्रो कतव्र्य हो । हामीले नबनाए कस्ले बनाउने त्यसैले हामी जहा छौं त्यहाँबाट सरफाई अभियानमा सहभागि हौं । कोहलपुर नगरपालिका भित्र रहेका सम्पूर्ण संघ संथा, विद्यालय, कलेज, व्यापारी उद्योगी लगाएतलाई समेत यस अभियानमा लाग्ने समेत आग्रह गरेका छन् । योग तथा प्राकृतिक स्वास्थ्य समाज नेपालले सञ्चालन गरेको यो अभियान निरन्तर रुपमा हप्ताको प्रत्येक शनिबार सरसफाई हुने हुने भएकोले यस संस्था प्रति आफु विश्वस्थ रहेको बताए ।

योग तथा प्राकृतिक स्वास्थ्य समाज नेपाल संस्थाका दामोदर पौडेलले यस अभियानलाई सफल पार्नेका लागि जुनसुकै कदम चाल्नु परे पन चाल्ने बताए । उनले भने कोहलपुर लाई सुन्दर सफा हरित कोहलपुर बनाउने हाम्रो कतव्र्य हो । त्यसकारण हामीले यस अभियानमा लाग्न, यो अभियान अब जबसम्म कोहलपुर पूर्ण सरसफाई गराउँदैनौ तब सम्म हाम्रो अभियान जारी रहेने समेत बताए ।

प्रकाशित मितिः शनिबार, मंसिर २९, २०७५     10:34:33 AM  |