कोहलपुर/ राष्ट्रिय ललितकला प्रतियोगिता तथा प्रर्दशनीमा २०७५ मा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका कला विभाग प्रमुख बिक्रम शिशिर प्रथम भएका छन् ।
एन.एस.क्लव पोखराको आयोजनामा मंसिर १५ देखि २२ गतेसम्म पोखरामा सम्पन्न भएको प्रतियोगितामा सचिव आश्विन कोईराला, सदस्य सागर क्षेत्री, दिब्या गौतम, अंशू चन्द, दिपक नेपाली र बाल कलाकार प्रतिमा पंगेनी, वैभव बिक्रम चन्द प्रतियोगितामा भाग लियर आफ्नो कला प्रस्तुत गरी निम्न स्थान हासिल गर्न सफल भएका छन् ।
सान्त्वना पुरस्कार प्रतिमा पंगेनी, द्वितिय पुरस्कार वैभव बिक्रम चन्द नर्सरी तह, आश्विन कोइराला प्रथम स्थान माध्यमिक तहमा, सागर क्षेत्री तृतीय क्याम्पस तह, बिक्रम शिशिर प्रथम कलाकार तहमा, कलाकार बिक्रम शिशिर र वैभव बिक्रम चन्दले कर्णाली प्रदेशको प्रतिनिधित्व गरेका थिए ।
त्यस्तै प्रतियोगितामा सात नम्बर प्रदेशबाट अंशू चन्दले आश्विन कोइराला, सागर क्षेत्री, दिब्या गौतम, दिपक नेपाली र प्रतिमा पंगेनी पाँच नम्बर प्रदेशबाट भाग लिएका थिए ।
प्रतियोगितामा वर्ष २ देखि ७७ वर्ष सम्मका जेष्ठ नागरिक नर्सरीदेखि प्राज्ञ कलाकारदेखि कुलपति समेतका पेन्टिङ प्रदर्शनीमा राखिएको थियोे । नेपाली कला इतिहासमा सम्भवत पहिलो पटक भएको ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्री नगेन सिंह ठकुरीले बताए ।