1 December 2023  |   शुक्रबार, मंसिर १५, २०८०

कारितासको अन्तक्रिया सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५  

कोहलपुर23/ समाज रहेको लैङ्गिक हिंसा, लागू पदार्थ दुर्वेसनी, मानव बेचबिखन र असुरक्षित प्रवास विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न कोहलपुरमा सम्पन्न भएको छ ।

कारितास नेपालले कोहलपुर नगरपालिकामा संचालन गरिरहेको “नेतृत्व बिकास कार्यक्रम को माध्यम दारा युवा सशक्तीकरण “ नामक परियोजनाको आयोजनामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा कार्यक्रममा कोहलपुर नगरपालिका अन्तर्गतका वडा न ७, १० र ११ का गरि जम्मा ३० जना युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा न ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले युवा देशका सम्बाहक भएकाले युवाले चाहेमा घर, समाज र सिङ्गो राष्ट्र नै सकारात्मक बाटो तर्फ लैजान सक्ने बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष दिपक जंग शाहले यस्ता कार्यक्रमले युवाहरुलाई सकारात्मक बाटोमा लाग्न उर्जा प्रदान गर्ने बताए । सञ्चालन परियोजना सहायक कल्याण तिमिल्सिनाले गरेका थिए ।

प्रकाशित मितिः आइतवार, मंसिर २३, २०७५     12:14:05 PM  |