6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, मंसिर २२, २०७५  

कोहलपुर/  बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरु विच शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरिएको छ ।

प्रतियोगिताबाट केशव जैसी, देवाकर गिरी र लक्ष्मी शाहीको टिम प्रथम, लक्ष्मी रावत, अमृता वि.क. र यम कुमारी खत्रीको टिम द्वितीय र यम नेपाली, कृष्ण थापा र कृष्ण रानाको टिम तृतीय भएका छन् ।

प्रतियोगितामा बिजय भएको टिमलाई मेड्ल प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका थिए ।

कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले विद्यार्थीहरुको अन्तरनिहित क्षमताको विकासका लागि यस्ता कार्यक्रमहरु आयोजना गरिएको बताए । साथै उनले पाठ्यक्रमले तोकेका विषय वस्तुसँग सँगै अन्य विषयवस्तुलाई पनि जोड दिँदै जाने बताएका छन् ।

कार्यक्रममा प्राध्यापक संघका सभापति पुष्कर रिजाल, उप प्रशासक वेदराज लम्साल, सह प्रा. रमेश चन्द्र अधिकारी, खगराज पन्त, उप प्राध्यापक टेकेन्द्र महतरा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम सञ्चालन उप प्राध्यापक एकराज शर्माले गरेका थिए ।

प्रकाशित मितिः शनिबार, मंसिर २२, २०७५     3:58:18 PM  |