दन्त परीक्षण शिविर



कोहलपुर/ कोहलपुर नगरपालिका–१२ चप्परगौडी स्थित डायमण्ड स्टार एकेडेमीले निःशुल्क दन्त परीक्षण शिविर सम्पन्न गरेको छ ।

पढाइसँगै विद्यार्थीहरुको स्वास्थ्यको ख्याल गर्दै शिविर आयोजना गरिएको विद्यालयले जनाएको छ । शिविरमा करिब १ सय ५० विद्यार्थी र १०० बढी अभिभावकहरुको दन्त परीक्षण गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल शोभाराम विएमले जानकारी दिए ।

उक्त शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका डेन्टल डा.गणेश प्रसाद न्यौपाने र मदन प्रसाद पौडेलले विद्यार्थी तथा अभिभावकहरुका दाँत परीक्षण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर २१ गते शुक्रबार