बाँसगढी/ गणपति माईक्रोफाईनान्स वितिय संस्था लि.को शाखा बाँसगढीमा स्थापना भएको छ । प्रधान कार्यालय तनहुँको धुलेगौडामा रहेको गणपति माईक्रोफाईनान्स वितिय संस्था लि.को २४ औँ शाखा कार्यालयको रुपमा बाँसगढी शाखा उद्घाटन गरिएको हो ।
बाँसगढी क्षेत्रका नागरिकहरुलाई सेवा दिने उद्देश्यका साथ स्थापना भएको शाखाको बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका थिए ।
ग्रामिण क्षेत्रलाई लक्षित गर्ने र न्युन आयस्तर भएका नागरिकहरुलाई सहुलियत रुपमा ऋण उपलब्ध गराई आयआर्जनतर्फ उन्मुख गराउने बाँसगढी शाखा प्रमुख दिपेन्द्र बटालाले बताए ।
संस्थाले बाँसगढी क्षेत्रमा समूह निर्माण गरी कृषि व्यवसाय, मझौला तथा साना उद्योगमा लगानी गर्ने समेत संस्थाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बाँसगढी क्षेत्रका उद्योगी व्यापारी, एन.आईसी एसिया बैंकका प्रतिनिधी, निर्धन उत्थान बैंकका प्रतिनिधधि लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्