खजुरा,(बाँके)/ बाँकेको खजुरामा तीन महिने आधारभूत सिलाई कटाई तालिम बुधबार सम्पन्न भएको छ । खजुरा गाउँपालिका भित्र पर्ने रनियापुर र सोनपुरका मधेशी, मुस्लिम तथा विपन्न महिलाहरुलाई आधारभूत तालिम दिइएको हो ।

जनजागरण समाज बाँकेले विकास कोष नर्वेको आर्थिक सहयोगमा सञ्चालन गर्दै आएको दिगो जिविकोपार्जन सुधारका लागि स्थानीय अग्रसरता कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरेको जनजागरण समाजका कार्यकारी व्यवस्थापक रामबहादुर पुनले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ मंसिर २० गते बिहीबार









प्रतिक्रिया दिनुहोस्