मनाइयो २७औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस



कोहलपुर/   बाँकेको कोहलपुरमा २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नगर अपाङ्ग समन्वयन समितिको आयोजनामा २७ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले मानसिक रुपमा समाजका सबै मानिसहरुले अपाङ्ग भएका व्यक्तिहरुलाई सम्मान गर्नु पर्ने, अपाङ्गता भएका व्यक्तिहरुको योग्यता, क्षमताका आधारमा विभिन्न कार्यहरु गर्नुपर्ने बताउँदै कोहलपुर नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवश्यकताहरुलाई ध्यान दिएर योजना बनाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी चौधरीले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको खण्डमा उनीहरुको आत्माविश्वास बढ्ने बताउँदै अपाङ्ग भएर पनि सपाङ्ग सरह काम गरेका साहित्यकार झमक कुमारी घिमिरे जस्ता व्यक्तिहरु रहेको बताकी छिन् ।

कार्यक्रममा बोल्दै कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले दश वर्षे जनयुद्वबाट घाइते भएका अपाङ्ग व्यक्तिहरु सुचिकृत नभएकोले राज्यले अपाङ्गता भएका व्यक्तिहरुको सुचिकृत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार मध्यपश्चिमाञ्चल निमित्त कार्यालय प्रमुख टंक खनालले सबै व्यक्तिहरुको अधिकार सम्मन भएकाले राज्यले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए ।

कार्यक्रममा दुवै मृगौला फेल भएका बैजनाथ गाउँपालिका वडा नं. ९ का कमल बहादुर बस्नेतलाई अपाङ्ग व्यक्तिहरुले ३ हजार, अन्य व्यक्तिले ६ हजार आर्थिक सहयोग गरेका थिए । त्यस्तै गरी २७ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसकैे अवसरमा ह्विील चियर प्रतियोगिता कोहलपुरमा सम्पन्न भएको छ ।

प्रतियोगितामा तेज बहादुर राना प्रथम (तीन हजार), यज्ञ बहादुर खत्री द्वितीय (दुई हजार) र खम्मान चौधरी तृतीय (एक हजार) पुरस्कार राशी सहित सम्मान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १८ गते मंगलबार