कोहलपुर/ बाँके राष्ट्रिय निकुञ्ज ढकेरी मध्यवर्ती उपभोक्ता समितिको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण टोल युनिटको अध्यक्षमा चन्द्र प्रकाश वली चयन भएका छन् ।
आँप खोली मध्यवर्ती सामुदायिक वन तथा रिम्ना मध्यवर्तीको सामुदायिक वन उपभोक्ता समुहका युवाहरुको सोमबार बसेको संयुक्त भेलाले वलीलाई अध्यक्षमा चयन गरेको हो । वलीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा हरी प्रसाद थारु, सचिवमा निर्मला वली चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तारा बहादुर वली, वेद प्रसाद खत्री, शेर बहादुर खड्का, रुपलाल डाँगी, होम बहादुर खत्री, मनोज वली, गोर्वधन कवर, अन्जना वि.क, निर्मला बि.क जगन थारु, मेघराज खनाल, मोहन थारु, राम बहादुर थारु, बाबुराम थारु, ज्ञान बहादुर डाँगी र हरी प्रसाद थारु रहेका छन् ।
समिति गठन कार्यक्रममा बोल्दै समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अध्यक्ष कृष्ण चौधरीले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ९ वटा उप समितिहरु रहेको बताउँदै युवाहरुलाई संरक्षणमा लाग्न प्रेरित गर्न टोल समिति गठन प्रक्रियालाई अगाडी बढाइएको बताए । साथै उनले युवाहरु चाहेमा हरेक कुरा सम्भव हुने भन्दै संरक्षणमा पनि युवाहरुको महत्वपुर्ण भुमिका रहने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै ढकेरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव कुमार रानाले मध्यवर्ती क्षेत्रको संरक्षणमा महत्वपुर्ण योगदान हुने हुदाँ युवाहरु संरक्षणमा क्रियाशिल भएर लाग्न अति आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै सेक्टर कार्यालय कोहलपुरका रेन्जर अनिल कुमार रामले सन २०१३ मा ४ वटा मात्र बाघ रहेकोमा हाल २१ वटा बाघ रहनु भनेको संरक्षणमा भएको राम्रो प्रयास मान्न सकिने बताए । साथै उनले निकुञ्ज क्षेत्रको जैविक विविधता संरक्षणमा युवाहरुको महत्वपुर्ण भुमिका रहने बताए ।
कार्यक्रममा आँपखोली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष घन बहादुर वली, कोहलपुर मध्यवर्ती उपभोक्ता समितिका समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरणका अध्यक्ष तारा के.सी, सचिव भिम डाँगी उपभोक्ताहरु लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै प्रगतिशिल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहमा पनि छवि कुमारी दर्लामीको अध्यक्षयतामा ११ सदस्यीय टोल समिति गठन गरिएको छ ।